२०७७ मंसिर १०, बुधबार

 काजोलले पहिलो पटक मुख खाेलिन करण जौहरसँगको झगडालाई लिएर 

चैत, एजेन्सी । एक समय थियो जब फिल्म निर्माता करण जौहर र अभिनेत्री काजोल घनिष्ट मित्र थिए र उद्योगमा सबैले उदाहरणको रुपमा हेर्थे । तर, अहिले उनीहरु यति टाढा बने, एक–अर्काको अनुहारसम्म हेर्न रुचाउँदैनन् ।

यसबारे करणले आफ्नो किताबमा खुलाएका छन् भने काजोलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी थिइनन् । काजोलले करणलाई निशाना बनाउँदै केही बोलिन् । एक भारतीय पत्रिकालाई दिएको अन्तरवार्तामा काजोलले भनेकी छिन्, ‘मेरो हिसाबले म चुप रहनु नै ठिक हुन्छ र म यस्तै गर्नेछु । जब म आफ्नो विचार राख्नेछु तब पुरै विश्वले त्यो कुरा सुनुन् भन्ने चाहान्छु ।’

काजोलले करणको नाम नलिईकनै हाम्रो नजिकका मान्छे झूटो इमान्दारीलाई देखाइरहेका छन् भनिन् । उनले भनिन्, ‘हिजोआज धेरै मान्छे म इमान्दारी छु भन्छन्, तर यस्तो खाली किताब वा फल्म बेच्नका लागि बोल्छन् । मलाई थाहा छैन, तर क्यामेराअघि झुट बोल्ने धेरै कारण हुन्छ । मलाई लाग्छ, इमान्दारी शब्दको दुरुपयोग गरिन्छ ।’

त्यस्तै, हालै एक कार्यक्रमका बेला काजोलसँग प्रश्न गरिएको थियो, ‘के तपाई करणको जुम्ल्याहा सन्तान जानुहुन्छ ?’ उनले यस पश्नको कुनै जवाफ दिन मानिनन् ।