२०७७ कार्तिक ११, मंगलवार

सहायक जिल्ला वन अधिकृत शर्मा सम्मानित

bbbसुर्खेत साउन २६ ।
सुर्खेतको सामुदायिक वनको संरक्षण र विकासका लागी महत्वपुर्ण योग्दान गरेको भन्दै सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्मा सम्मानित भएका छन ।

सुर्खेतका सामुदायकि वनहरुले सामुदायिक वन प्रथम राष्ट्रिय दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता समुहहरु र सरोकारवालाहरुले शर्मालाई सम्मान गरेका हुन । दिवसको अवसरमा सुर्खेतको सबै भन्दा पुरानो सामुदायिक वन देउती बज्यै सामुदायिक वन उपभोक्ता समुह र अध्यक्षयहरु मध्यबाट भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षय अम्मर कार्कीलाई पनि सम्मान गरियको छ ।

दिवसको अवसर पारेर वृक्षा रोपन सम्मान लगायतका कार्यक्रमहरु आयोजना गरेको सामुदायिक वनहरुले जनायका छन । कार्यक्रमा क्षेत्रिय वन निर्देशक अनिरुद्ध ठाकुरले वन संरक्षण र विकासमा सामुदायिक वन उपभोक्ता समुहको महत्वपुर्ण भुमिका रहेको बताए ।

यस्तै जिल्ला भु संरक्षण कार्यलयका प्रमुख शिभराम अधिकारीले वन संरक्षण र विकासमा सबैको साझा पहल हुनुपर्नेमा जोड दिए ।  कार्यक्रम समुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष शान्ति सिंहको सभापतित्वमा सम्पन्न भएको छ ।