२०७७ माघ १२, सोमबार

हुम्लामा फेरी हिमपात

हुम्ला, चैत २६ । हिमपातका कारण हुम्ला जिल्ला सदरमुखकाम सिमीकोट यताउताको बजार क्षेत्र अस्त व्यस्त भएको छ । बिहीवार बिहान बाट सूरु भएको भारी हिमपातले जन जिवन कष्ठकर बन्दै गएको हो ।

हिमपातका कारण उत्तरी क्षेत्रका मुचु यारी लिमी हल्जी, खगालगाँउ लगायतका बस्तीहरुको फोन सम्पर्क विहिन भएका छन । जाडो हुदा सदरमुखकामका बजार बन्द अवस्थामा पुगेका छन ।

जाडोको बढी प्रभाव यहाँका ज्येष्ठ नागरिक, अशक्त अपाङ्ग, महिला, बालबालिका र गरिब परिवारमा परेको छ । जाडोले दम, निमोनिया, रुघाखोकीका बिरामी हुने सम्भावना रहेको छ । हिमपातका कारण बति नहुदा हुम्ला बासीन्दा सम्पर्क विहीन अवस्थामा पुगेको छन ।