२०७७ माघ ४, आईतवार

दाङमा सुनको वुद्ध मुर्ती सहीत ४ जना प्रहरीको फान्दा

दाङ २६ चैत जिल्ला प्रहरी कार्यालय दाङले सुनको वुद्ध मुर्ती सहीत ४ जनालाइ पक्राउ गरेको छ।

तुल्सीपुर नगरपालिका वडा नं।९१ ९हाल उप९महानगरपालिका वडा नं।९३ ० हर्नेटी स्थित बहुमुल्य सुनको गौतम बुद्धको मुर्तिको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको बिशेष प्रहरी टोलीले उक्त स्थान वाट जिल्ला सल्यान रिम गा.वि.स.वडा नं.१ घर भई हाल कपुरकोट न.पा.वडा नं.५ बस्ने ४० वषिर्य खडक के.सी, सोही ठाउ बस्ने ५२ वषर्का खेम लाल के.सी, सल्यान जिल्ला सिनवाङ ४ बस्ने ४३ बर्षका छविलाल भण्डारी र रोल्पा गैरीगाउ बस्ने ३७ बर्ष का तुल बहादुर बुढालाई गौतम बुद्धको मुर्ती सहीत पक्राउ गरेको प्रहरीले जनाएको छ।

वरामद गरीएको उक्त वुद्धमुर्तीको तौल गर्दा ९ किलो २सय ग्राम, १० ईन्च चौडाइ भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रम’ख धिरज प्रताप सिहले जानकारी दिन’भएको छ।

निजहरुको शरीर समेत खानतलासी लिन खोज्दा डिउटीमा खटिएको प्रहरी माथि छविलाल भण्डारी र तुल बहादुर बुढा ले साथमा बोकी ल्याएको खुकुरी समेत प्रयोग गरी आक्रमण गर्न खोज्दा प्रहरीले आफ्नो आत्मरक्षाको लागि ४ राउण्ट गोली चलाउँदा मुर्ति गिरोह्का नाईके छविलाल भण्डारीको बाँया खुट्टाको पिरौलामा गोली लागेको प्रहरीले जनाएको छ।

उक्त मुर्ती कारोबार गर्ने चारै जना लाई सुनको जस्तो देखीने पुरातात्विक गौतम बुद्धको मुर्ती, खुकुरी र दुई थान खुकुरी सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। उनीहरु पुरातात्विक मुर्तिहरुको चोरी गरी कारोबार गर्ने भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।