२०७७ माघ ४, आईतवार

दाङ जिल्ला प्रहरीले डाकाचोरी मुद्धाका फरार डब्बल नेपाली पक्राउ

 दाङ चैत २८। दाङ जिल्ला प्रहरीले डाकाचोरी मुद्धाका फरार डब्बल नेपालीलाई २६ वर्ष पछि पक्राउ गरेको छ । दाङ जिल्ला प्रहरीकार्यलयबाट खटिएको विषेश प्रहरी टोलीले फुलबारी गाविस वडा नं ४ स्थित घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

अपराध नियन्त्रण ,फरार अपराधी पक्राउ विशेष अभियान अन्र्तगत जोधु चौधरीको जाहेरीले वादी नेपाल सरकार प्रतीवादी दाङ जिल्ला पुलवारी गाविस वडा नं ४ निवासी ५२ वर्षिय डब्बल नेपाली भएको दाङ देउखुरी जिल्ला अदालत घोराहीले २०४७ साल वैशाख २७ गते सजाए फैसला सुनाएको थियो ।

डाकाचोरी मुद्धामा ४५ दिन कैत तथा ४४ हजार १ सय ४५ रुपैया जरीमाना सजाए सुनाएको थियो । प्रतिवादी नेपाली २०४४ साल १० महिना १ गते देखी फरार रहेका थिय । फरार नेपालीलाई पक्राउ गरी तोकीएको कैद असुल उफरको लागी दाङ देउखुरी जिल्ला अदालत घोराही पठाईएको दाङ जिल्ला प्रहरी उपरीक्षक धिरजप्रताप सिहले जानकारी दिनु भएको छ ।