२०७७ मंसिर ८, सोमबार

सुर्खेतमा ३४ हजार मतदान गर्नबाट बन्चीत

सुर्खेत, चैत २९ । अगामाी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतमा ३४ हजार मतदाताहरुले निर्वाचनमा मतदान गर्न नपाउने भएका छन । चुनावको मिती घोषणा भएपछि यति मतदाता फर्म र मतदाता नामावली भर्न छुटेका हुन । अगामी निर्वाचनमा एक लाख ८५ हजार भन्दा बढी मतदाताले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने छन ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच वटा नगरपलिका र ४ वटा गाँउपलिकामा ९५ हजार ७ सय ३० महिला ८९ हजार ७ सय ९१ पुरुष र एक तेस्रो लिंगी गरी एक लाख ८५ हजार ५ सय २२ जना मतदान गर्न पाउने भएका हुन । नयाँ सिमाङ्कन अनुसार साविकको वीरेन्द्रनगरमा ५० हजार ७ सय ९९ रहेका छन । यस्तै भेरीगंगा नगरपालिकामा २३ हजार ३ सय ७३ , पञ्चपुरी नगरपालिकामा १७ हजार ३ सय ७४ , गुर्वाकोट नगरपालिकामा २५ हजार ९ सय ६८ मतदाता रहेका छन ।

यस्तै चौकुने गाँउपालिकामा १२ हजार ६ सय २६ बराहताल गाँउपालिकामा १३ हजार ८ सय ६० लेकबेसी नगरपालिकामा १७ हजार ४ सय ८ जना चिंगाड गाँउपालिकामा ९ हजार ६ सय ३ जना मतदाता छन । यस्तै सिम्ता गाँउपालिकामा १४ हजार ८ सय ११ जनाले मतदान गर्ने पाउने भएका छन ।