२०७७ मंसिर ९, मंगलवार

प्रहरी प्रमुखमा अर्याल नियुक्त

काठमाडौं, चैत २९ । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका हुन् ।

सोमबार नै बसेको मन्त्रिप रिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरूको कार्य सम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको एक मन्त्रीले बताए ।

कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दाबेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भन े डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।
सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाया