२०७७ मंसिर १५, सोमबार

निर्बाचन भाड्ने विरुद्ध खबरदारी हुन्छ

सुर्खेत चैत ३० । नेपाली कंग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले तरुण जागरण अभियान चलाएको छ । स्थानीय तहको निकाय निर्वाचनलाई लक्षित गरी जागरण अभियान चलाएको हो ।

वीरेन्द्रनगरमा रफत सञ्चार क्लब सुर्खेतको साक्षात्कारमा बोल्दै नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले स्थानीय तहको निर्वाचन सार्न खोज्नेलाई खबरदारी गरिने बताएका छन । नेकपा एमालेले विभिन्न बाहाना बाजी गरी रहेको र निर्बाचन सार्न खोजिरहेको आरोप लगाउदै महामन्त्री शाहीले त्यसो भए आफुहरु कडा रुपमा प्रस्तुत हुने बताए ।

उनले बिसौ वर्ष पछि जनताले स्थानीय तहको निर्वाचनमा जाने पाउन बेला तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । नेपाली कंग्रेसको आधा हिंसा भनेको नेपाल तरुण दल भएकोले स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने तरुण दलले अभियानै चलाउने बताए ।