२०७७ माघ ११, आईतवार

बामपन्थीका नेता माओवादी केन्द्र्रमा प्रवेश

सुर्खेत चेत ३० ।  नेकपा एमालेका पूर्व नगर कमिटिका सदस्य तथा बामपन्थी नेता उमा प्रसाद शर्मा (अधिकारी) नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका छन ।

२०३८ साल देखि बाम पन्थी आन्दोलनमा र नेकपा एमालेका सक्रिय रहेका अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । यस्तै गरी नेकपा भेरी ब्यूरो सदस्य हरि बहादुर थापा,नेकपा एमाले निकट जिफन्टका सदस्य अटो व्यवसायी कविर अहमन लगायतका टिम माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनिहरुलाई प्रदेश नं ६ इन्र्चाज तथा पूर्व गुहमन्त्री शक्ति बहादुर बस्नेतले स्वागत गरेका हुन । केन्द्रमा प्रवेश लगत्तै उमा प्रसाद शर्मा अधिकारीले मुलुकको सम्रग परिवर्तन नेकपा माओवादी केन्द्र गर्न भएकोले आफनो रोजाई नेकपा माओवादी केन्द्र बताए ।

”अधिकारीले सम्रग परिवर्तनको नेतृत्वकर्ता जनताका अधिकार गाँउ नगर सम्म पु¥याउने योगदान माओवादी केन्द्रले गर्ने हुदा माओवादी केन्द्रलाई निर्बाचनमा जिताउन पनि सबैमा अपिल गरे । कार्यक्रममा प्रदेश नं ६ का इन्र्चाज तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत, प्रदेश नं ६ का संयोजक माया प्रसाद शर्मा, केन्द्रिय सचिवालय सदस्य काली बहादुर मल्ल लगयातको उपस्थिती रहेको प्रचार प्रसार समितीका संयोजन गंगाराम तिमिल्सेनाले जानकारी दिएका छन ।