२०७७ मंसिर १०, बुधबार

शिक्षकबाट राजिनामा दिएर उम्मेदवारीका लागि लबिङ्ग

सुर्खेत, चैत ३० । दशकौपछि स्थानीय तहको निर्वाचन घोषणा भएपछि राजनितिक दलका स्थानिय नेताहरुलाई बेस्गरि निर्बाचन लागेको छ ।

त्यति मात्रै होईन यहि निर्बाचनको मेलो हेरेर सरकारी जागिरबाट धमाधम राजीनामा दिएर स्थानियत तहको निर्बाचनको प्रतिस्प्रधामा आउनेहरुको संख्या पनि देखिन थालेको छ । यसरी चुनाब लड्ने मनसायले सरकारी जागिर छोड्नेहरुमध्ये जिल्लामा शिक्षकहरुको संख्या धेरै छ ।

वैशाख ३१ गते तोकिएको स्थानिय तहको केहि महिनामा सुर्खेत जिल्लाका धेरै विद्यालयका शिक्षक शिक्षिकाहरुले राजीनामा दिएर राजनितिमा आउने मजस्थीति बनाएका छन ।  जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार राजीनामा दिनेहरु मध्ये धेरै संख्या प्रथामिक तहको शिक्षकहरुको छ । माध्यामिक शिक्षकहरु पनि राजीनामा दिएर निर्बाचन लड्ने मनस्थीति बनाएर आएका छन ।

मंसिर महिनादेखि हाल सम्म राजीनामा दिने शिक्षकहरु मध्ये २ जना शिक्षकहरु जागिरे जिवनबाट अवकाश प्राप्त भएरै राजीनामा दिएका हुन । तर बाकि सबै शिक्षकहरु स्थानिय तहको निर्बाचमा प्रतिस्प्रधा गर्ने मनसायले राजिनामा दिएका छन । जिल्ला शिक्षा कार्यालय स्ुर्खेतका अनुसार मंसिर यता राजीनामा दिने माध्यामिक तहका ५ जना प्रथामिक तहका १२ जना शिक्षक शिक्षीका छन ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहका अनुसार प्रथामिक तहका शिक्षकहरुको २÷३ वर्ष अवधी ह्ुदा हुदैपनि पहिल्यै राजिनामा दिएका छन । राजिनामा दिने लाईनमा सबैभन्दा अगाडि कृष्ण साधारण माध्यमिक विद्यालयका तत्कालीन प्राधाना ध्यापक गेहेन्द्र प्रसाद दाहाल हुन । उनि ५÷७ वर्षको सेवा अवधी बाँकी हुदा पनि राजीनामा दिएर राजनितिमा होमिएका छन । दाहालले स्थानिय तहको निर्बाचनमा वीरेन्द्रनगर नगरपालीकाको मेयर पदमा उम्मेदवारी समेत घोषणा गरेका छन ।

उनि केहि समय अगाडि नेपाली काग्रेस समर्थीत थिए । हाल स्वतन्त्र उम्मेदवारी घोषणा गरेका दाहाल चुनावि प्रचार प्रसारमा लागेका छन । नेरा मावि काडाा भुवानी मटेला बोद्ध बिक्रम जिसी लगायतका शिक्षकहरुले सेवा अवधी हुदाहुदै पनि राजीनामा दिएका छन । बोधविक्रम जिसी माओवादी केन्द्रवाट चिगाड गाउपालीकाका मेयर पदका आकाक्षी हुन । उनी हाल जिल्ला पार्टिमा टिकटका लागि लविग गरिरहेका छन ।

त्यस्तै शिखर उच्च माध्यामिक विद्यालयका शिक्षक धनसिंह खड्का पनि राजनितीमा आउनकै लागि राजीनामा दिएका छन । उनि भेरी गंगा गाउपालीकाबाट एमालेका मेयर पदका बलिया आकाक्षी हुन । त्यस्तै डाडास्कुल वीरेन्द्रनगरकी शिक्षीका पार्वती गिरीले पनि राजीनामा दिएकी छन । उनि नेपाली काग्रेसबाट वीरेन्द्रनगरको उपमेयरको आकाक्षी हुन ।

नेपाली काग्रेस श्रोतका अनुसार गिरीले उपमेयर पदका लागि वीरेन्द्रनगरबाट टिकट पाउने सम्भाबना बढेर गएको छ । प्रावि व्यहोरेका भुपेन्द्र विसी पनि लेकवेसी नगरपालीकाबाट मेयर पदका आकाक्षी हुन । नेपाली काग्रेसका तर्फबाट उनि अन्य राजनितिक दलहरुको सम्भावित उम्मेदवारको तुलनामा बलिया उम्मेदवारका आकाक्षी मानिन्छन ।

यस्तै हरीडिल आधारभुत विननपाका शान्ता योगी, प्रभात मावि कोलडाँडाका बिमला भारती, नेरा मावि पोखरीकाडाँ लेखगाँउका झकड पुलामी,त्यस्तै छवी आधारभुत निम्न माध्यमिक विद्यालयकी शिक्षिका बिमला भारती हरीडिल भुमी आधारभुत विद्यालय तातापानी १८ वीरेन्द्रनगरका शिक्षक केदार कुमार कडेल,शेखर मावि रामघाटका शिक्षक नहहरी भट्टराई, अमर ज्योती उच्च माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन ।

यि मध्ये केहि शिक्षकले बिरामीका कारण राजिनामा दिएर शिक्षण पेशा छोडेको जिल्ला शिक्षा कार्यालयको भनाई छ । यस्तै प्रावि तर्फ शिव प्रावि आँपखोली साहारेका लाल बहादुर खत्री, गोर्कण प्रावि पाखाँपानी रजेनाका शिक्षक कर्ण बहादुर वली, नेरा मावि सानो जाक्री मैनतडा ३ सुर्खेतका शिक्षक मान बहादुर राना यस्तै गरी श्री कृष्ण साधारण संस्कृत उच्च माध्यामिक विद्यालमा कार्यरात शिक्षक मिन प्रसाद गौतम नेरा प्रावि चिउरीखेत सालकोट शिक्षक विष्णु देव शाह,बाल मन्दिर प्राविका वीरेन्द्रनगरका यज्ञ कुमार गिरी,जीवन ज्योती दशरथपुरका कृष्णा प्रसाद ज्ञावली, त्रिपुरेश्वर मावि ढोडेखाली सुर्खेतका भिम राज भारती छन ।

यि शिक्षक शिक्षीका पनि कहि न कहि सक्रिय राजनितीमा आउन र स्थानिय निर्बाचनको उम्मेदवार दावि गर्न राजीनामा गरेको बताईन्छ । यो भन्दा अगाडि देखी नै नेकपा एमालेमा सक्रिय रहेका सिम्ताका डण्डीप्रसाद शर्मा,नेपाली काग्रेसमा सक्रिय भएर राजनिति गरिरहेका निमावि बामेखोलाका रामबहादुर सिंह,सारदा उच्च माविका झग्ग बहादुर डागी र बजेडीचौरका विरेन्द्र रावतले शिक्षण पेशा त्यागिसकेका छन । यि तिनै जना अहिले आ आफ्नै भुगोलमा मेयर पदका लागि दाबेदार पात्र हुन ।

स्थानिय तहको निर्बाचनको रौनक संगै लामो समय शिक्षण पेशामा रहेर चुनाबको मुखैमा सक्रिय राजनितिमा आउने सोच बनाएका यि पुर्व शिक्षकहरुले टिकट पाउने गरि लागेको भएपनि लामो समय राजनितिमा लागेका पार्टिका मुलधारका नेताहरुलाई भने चित्त बुझेको छैन । एक शिक्षक नेता भन्छन शिक्षक पेशामै रहेर राजनिति गर्नुभन्दा राजिनामा नै दिएर सक्रिय राजनितिमा आउनु भने सकारात्मक पक्ष हो ।