२०७७ माघ ११, आईतवार

शिक्षकहरुको राजनिति मोह

स्थानिय तहको निर्बाचन विभिन्न कोणबाट हुने गर्छ । निर्बाचनले सबैतिर छाएको रौनक हेर्दा यो एउटा उत्सव र पर्व जस्तै छ । लामो समयपछि हुन लागेको यो प्रतिस्प्रधामा आउन पनि ईच्छुक सबै देखिन्छन । राजनिति गरेका भन्दा पर गएर हर्ने हो भने यस्तो प्रकारको दोडधुप र आकाक्षा धेरै क्षेत्रमा छ ।

दशकौपछि स्थानीय तहको निर्वाचन घोषणा भएपछि राजनितिक दलका स्थानिय नेताहरुलाई भन्दा पनि अरुलाई धेरै नै निर्बाचन लागेको देखिन्छ । मुख्यगरि यहि निर्बाचनको मेलो हेरेर सरकारी जागिरबाट धमाधम राजीनामा दिएर स्थानियत तहको निर्बाचनको प्रतिस्प्रधामा आउनेहरुको संख्या पनि देखिन थालेको छ । यसरी चुनाब लड्ने मनसायले सरकारी जागिर छोड्नेहरुमध्ये जिल्लामा शिक्षकहरुको संख्या धेरै छ ।

वैशाख ३१ गते तोकिएको स्थानिय तहको केहि महिनामा सुर्खेत जिल्लाका धेरै विद्यालयका शिक्षक शिक्षिकाहरुले राजीनामा दिएर राजनितिमा आउने मजस्थीति बनाएका छन । जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार राजीनामा दिनेहरु मध्ये धेरै संख्या प्रथामिक तहको शिक्षकहरुको छ ।

माध्यामिक शिक्षकहरु पनि राजीनामा दिएर निर्बाचन लड्ने मनस्थीति बनाएर आएका छन । मंसिर महिनादेखि हाल सम्म राजीनामा दिने शिक्षकहरु मध्ये २ जना शिक्षकहरु जागिरे जिवनबाट अवकाश प्राप्त भएरै राजीनामा दिएका हुन । तर बाकि सबै शिक्षकहरु स्थानिय तहको निर्बाचमा प्रतिस्प्रधा गर्ने मनसायले राजिनामा दिएका छन । जिल्ला शिक्षा कार्यालय स्ुर्खेतका अनुसार मंसिर यता राजीनामा दिने माध्यामिक तहका ५ जना प्रथामिक तहका १२ जना शिक्षक शिक्षीका छन ।

सकारात्मक कुरा त के हो भने कुनैबेला यि सबै शिक्षक शिक्षण पेशामा लागे र अहिले राजनिति गर्ने मनसाय भएपछि शिक्षण पेसा त्यागेर राजनितिमा सक्रिय भए । यो सबै हिसाबले हामिले सकारात्मक सस्कारको विकास गरिरहेको मान्नुपर्छ । राजनितिभित्र विसुद्ध राजनिति गर्यो भने नै अन्य क्षेत्र राजनितिको सिकार हुदैन । यस्ले गलत प्रभाव राख्दैन ।