२०७७ मंसिर १०, बुधबार

कसैले टेरेनन् प्रसासनको निर्देशन, दर्ता हतियार १ सय २०, बुझाईयो एउटा

सुर्खेत चैत ३१ ।  आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित गरी जिल्ला प्रसासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउने परिपत्र आज सकिदै छ । तर हतियार बुझाउनेहरुको लिष्ट भने १ जनाको मात्र छ ।

स्थानीय तहको चुनाव अबधिभर समग्र शान्ति सुरक्षालाई ख्याल गरेर र हतियारका कारण कुनै पनि अप्रिय घटना नहोस भन्ने हिसाबले इजाजत प्राप्त हतियारहरुलाई प्रशासन कार्यालय सुर्खेतले बुझाउन सार्वजनिक सुचना गरेको थियो ।

हतियार संकलनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सुचना संगै जिल्ला प्रहरी कार्यालयलाई हतियार संकलनका लागि १ महिना अगाडि निर्देशन समेत दिएको थियो । जिल्ला प्रसासन कार्यालय सुर्खेतले दिएको निर्देशन एक महिना हुदा पनि कसैले नटेरेको प्रसासनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लाभरी ईजाजत लिएका हतियार १ सय २० थान छिन । तर सुचना प्रकासन गरेको १ महिना सकिदा पनि जिल्ला प्रहरी कार्यालयमा हालसम्म १ वटा मात्र हतियार बुझाएको छ ।

सरकारले हतियार बुझाउन सार्वजनिक सुचना गर्दा पनि इजजात प्राप्त हतियार लिनेहरुले अहिले सम्म चासो दिएको पाइदैन । यस्तो किन भन्ने प्रश्नमा जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रसासकिय अधिकृत हितप्रकास पौडेलले आफुहरुले हरेक क्षेत्रवाट सुचना पुर्याएर प्रयत्न गर्दा पनि हतियार बुझाउन सम्बन्धित व्यक्तिहरु नआएको बताए ।

उनले आफुहरुले सार्वजनिक सुचना गरेको,मिडीयाबाट खबर गरेको र स्थानिय साविकका गाउविकास समितिहरुमा मार्फत सुचना दिएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अझै जिल्लामा बुझाउनुपर्ने ईजाजात लिएका१ सय १९ हतियार बाकि छन बाकी छन ।।