२०७७ मंसिर १३, शनिबार

घुस्रामा ई – कक्षा सञ्चालन हुने

सुर्खेत चैत ३१ । सुर्खेत घुर्सामा रहेको जनसेवा माद्यामिक विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा १ देखी ६ सम्म अंग्रेजी माध्यामबाट शिक्षण गर्ने, ई–कक्षा सञ्चालन गर्ने भएको छ ।

तस्विर : गुगलबाट

आफ्नो ३४ औं बार्षिक उत्सवको अवसरमा यस्तो योजना सार्बजनिक गरिएको हो । विद्यालयमा अग्रेजी माध्यामबाट पठनपाठन शु? गरी योग्य विद्यार्थी उत्पादन गर्ने योजना रहेको विद्यालयले बताएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले अभिभाव तथा शिक्षकलाई बालबालिकाको विकासका लागि आ–आफ्नो स्थानबाट साथ दिन सबैलाई आग्रह गरेका छन । विशेष गरे बालबालिकाको भविश्य अविभावकसँग जोडिएको भन्दै आफ्ना बालबालिकालाई नरम भएर व्यवहार गर्नुपर्ने बताए ।

विद्यार्थीह? को सिकाई हुने उमेर नै बाल्यवस्था रहेको भन्दै उहाले यस्तो बेला राम्रा कुराह? मात्र सिकाउनुपर्नेमा शाहले जोड दिए ।  कार्यक्रममा विद्यालयका प्रधानअध्यापक भक्त बहादुर शाहीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयले आजै उत्कृष्ट शिक्षक, विध्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति पनि गठन गरेको छ । नन्दलाल शर्माको अध्यक्षतामा समिति गठन गरेको हो