२०७७ माघ ७, बुधबार

सकारात्मक होऔ शुभकामना

राजनितिक स्थिरताले एउटा अध्याय बनाउदै छ । हामिले बाचेको राजनितिक सक्रमण अब करिब करिब अन्त्य हुदै गैरहेको छ । दशकौपछि देशमा संविधान बन्यो र गणतन्त्र प्राप्त भो । संघियताको अभ्यास गर्दै हामि यतिवेला स्थानिय तहको निर्बाचनको नजिक छौ । यस्ता प्रकारका राजनितिक उपलब्धी हाम्रा २०७३ सालका हुन । यो संगै समाज धेरै हिसाबले फड्को मारेको छ । हामि अर्थतन्त्रको सुदृढीकरणमा पनि अगाडि छौ । स्थीरताले राजनितिक संगै आर्थीक विकाशका लागि पनि सहयोग गरेको छ । समाज पनि आत्मनिर्भर बन्दै गैरहेको छ ।

हामिले आफुले गर्ने अपेक्षा कर्म भन्दा माथी हुन्छ । हामिले मेहनत पुर्वक कर्म गर्न सकेमात्रै अपेक्षाकृत नतिजा प्रकासन गर्न सकिन्छ । गएको बर्ष हामिले जे जे गर्न खोज्यौ सबै नतिजा प्राप्त हुन नसकेपनि निरन्तरको कर्म जरुरी छ । अहिलेपनि गएका बर्षका काम सम्पादन गर्न लगाबका साथ लागे निश्चय नै सफलता प्राप्त होला । हामिले पालेका निरासा भन्दा आशा सबैका लागि फाईदा जनक हुन्छ । सधैभर र सबैजसाले नकारात्मक टिप्पणी गर्ने र निरासाहरुमा मात्रै रमाउने खाले प्रबृतिले हामिले कहिल्यै विकास गर्न सक्तैनौ ।

अहिलेका लागि हामिले आशाको खेति बढि गरौ । केहि हुन्न भन्ने बाट केहि भएको छ र हुन्छ भन्ने तिर बढि विस्वास गरौ । विज्ञानको नियम भनेको जहिले समय प्रगतिशिल हुन्छ । गएका बेर्ष केहि नभएको होइन केही न केहि पक्कै भएको हो । अब यो बर्ष त्यो भन्दा पनि धेरै हुन्छ भन्नेतर्फ ध्यान दिऔ । सधैभर हामिले सकारात्मक कुरातर्फ चासो व्यक्त गरेउ र आशाको सञ्चार गर्यौ भने यो नै हाम्रो सफलताको पहिलो पाईला हो । सफलता प्राप्त गर्नका लागि हामि सधैभर दत्तचित्त भएर सकारात्मक भयौ भने रिजल्ट पनि अपेक्षाकृत आउछ । नया बर्षको बिहानिमा सकारात्मक सोचौ,सकारात्मकै भएर कर्म गरौ सकारात्मकै सफलता मिल्छ । मिलोस सबैमा नया बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना ।

आजसम्म पनि तिमी भन्दा त मेरा दुश्मन राम्रा निश्कीए जस्ले हरेक शन्दर्भमा पख तलाई छोड्दीन भनिरहे । अपेक्षा छ आउदो ७४ सालका ३ सय ६५ दिन पनि दुश्मनहरु मेरा ज्यादै मित्र बनुन् । जस्ले मेरो प्रगतिको राजमार्ग अझ चौडा र लामो होस । तपै सबैलाई पनि मेरो उत्कृष्ठ जिन्दगी बाच्ने सकारात्मक प्रेरणा मिलोस भन्ने नया बर्षको शुभकामना ।