२०७७ मंसिर १३, शनिबार

विद्यालय भर्णा अभियानमा सक्रीयता देखाउ

सुर्खेत, बैसाख १ । जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले सिकाउने, टिकाउने, बिकाउने गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताएका छन । नयाँ वर्ष २०७४ को शुभकामना आदनप्रदान एव विद्यार्र्थी भर्ना अभियान विषयक अन्तरक्रियामा बोल्दै शाहले यस्तो जानकारी दिएका हुन ।

जिल्ला अधिकारी शाहले हरेक प्रअ शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई भेटमा बसी सौहार्द वातावरण सिर्जना गर्नु पर्ने बताए । जिशिअ शाहले विद्यालय भर्ना अभियानमा अविभावक तथा शिक्षकहरु सबैको समान सहभागितामा जोड दिए । अन्तरक्रियामा बोल्दै शाहले नयाँ भर्ना हुन आएका बालबालिकाहरुको विद्याललय रेकर्ड अनिवार्य राख्नु पर्ने बताए । जिल्ला शिक्षा कार्यालयका अनुसार हाल१ सय ७१ जना विद्यार्थीहरु विद्यालय बाहिर रहेका छन । जस मध्ये १ सय छात्रा र ७० जना छात्रहरुलाई छन ।

अन्तरक्रियामा जिशिअ शाहले निजि विद्यालयमा विद्यार्थी अध्ययन गर्ने रुची भएपनि पैसा तिर्नुपर्ने बाध्यताका कारण समस्या आएको बताए । त्यस्तै जिशिअ शाहले सडकमा बालबालिका, आमाबुबा नभएका बालबालिकाहरुलाई राज्यले कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्नेमा जोड दिए । शाहले सरोकारवाला निकायहरुले पहल कदमी ले मात्रै नभएर अविभावकहरुको चासोले काम गर्ने बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय का श्रोत व्यक्ति लोक बहादुर खत्रीले अनिवार्य निशुल्क आधारभुत शिक्षा घोषणा गर्ने सुर्खेत जिल्ला पहिलो भएपनि यस्को अझै व्यवहारीक कार्यन्वयन जरुरी भएको बताए । कार्यक्रममा प्यावसनका केन्द्रिय उपाध्यक्ष नवराज गुरुङ्ग,एन प्यावसन जिल्ला अध्यक्ष सरद पौडेल,जिल्ला शिक्षा कार्यालयका अधिकृत भोजराज लम्साल, लगायतका उपस्थिती रहेको थियो ।