२०७७ माघ १२, सोमबार

हुम्लामा महिला डाक्टर पुग्दा हुम्ली महिलालाई राहात-हुम्लाकी प्रिय डाक्टर स्मृति

हुम्ला वैशाख २ ।  कर्णाली क्षेत्रको पनि दुर्गम क्षेत्र हुम्ला । हम्ला भनेपछि जो कोहिले पनि नाक खुम्च्याउछ । कर्णालीमा गएर सेवा गर्ने त परको कुरा हो जागिर खानेकुरा पनि एकदम अप्ठेरो कुरा हुन्छ । हुम्लाका नाममा नाक खुम्च्याउने प्रवृत्ति बाँकी रहेकै बेला एकजना महिलाले कर्नाली अञ्चलको अति दुर्गम हुम्ला पुगेर बिरामीहरुको सेवा गरेकी छन ।

हुम्लाबासीले ति महिलाको समाजसेवा देखेर उनीप्रति श्रद्धा र आभार व्यक्त गर्ने गरेका छन । त्यो संगै हुम्ला जिल्लामा पहिलो पटक महिला चिकित्सकले सेवा दिन थालेपछि हुम्लीहरु अचम्म समेत मानेका छन ।

कुनै पनि हालतमा हुम्लामा डाक्टरहरु नबस्ने रोग अहिलेपनि छ तर यस्तो अवस्थामा पनि जिल्ला जनस्वाथ्य कार्यालय हुम्लामा प्रमुख समेत रहेर डाक्टर स्मृति महतले जिल्ला अस्पतालमा आउने सबै विरामीको सेवा गरेर सबैलाई सन्तुष्ट बनाएकी छन । स्मृति महत हुम्लामा मात्रै नभई कर्नाली अञ्चलमै महिला चिकित्सकका रुपमा पहिलो पटक काम गर्न साहसी डाक्टर पनि हुन ।

एकाधपटक शिविर सञ्चालनका अवसरमा हुम्लामा महिला चिकित्सक पुगेपनि लामो समय सेवा गर्ने गरी कुनै डाक्टर हुम्ला नपुगेका बेला स्मृति महत हुम्लामा जमेर बसेकी छन । महत त्यहा पुगेपछि अन्य विरामीलाई त राहत भएकै छ अधिकांश महिलाहरुले रोग लुकाउन पनि छोडेका छन ।

यातायातको पहँुच नभएको हुम्लामा मेडिकल, अधिकृत मात्र नभई अन्य तल्लो तहका कर्मचारी समेत आउन मान्दैनन । हुम्ला जिल्ला पुग्नका लागी नेपालगञ्ज र सुर्खेतबाट एक मात्र साधान हवाई जहाज मात्र हो नेपालगञ्ज मेडिकल कलेजमा अध्यनरत डा स्मृति महतले स्थायी मेडिकल अधिकृतमा नाम निकाल्ने बित्तिकै पहिलो पटक आफूले हुम्ला रोजेकी बताइन ।

२०७२ माघ ११ गते पहिलो पटक हाजिर भएकी भैरहवाको दुर्गम सखुवानी गाविसमा जन्मेकी हुन । मानव सुचाकाङ्गमा ७३ औ स्थानमा रहेको हुम्लाका महिलाको स्वास्थय अवस्था निकै नाजुक देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका अनुसार महिलाहरु पाठेघर खस्ने समस्या देखी अन्य कयौ समस्याले प्रताडित छन । प्रस्तावित चंखेली गाँउपालिकाकी ३२ वर्षीय रुपशिला बोहोराले जिल्लामा महिला डाक्टर आएपछि महिला बिरामीलाइ उपचार गराउन सहज भएको बताइन । उनले भनिन् पुरुष डाक्टर हुदा भन्न लाज लाग्ने गथ्यो अहिले महिला डाक्टर हुदा निकै सहज महसुस भएको छ ।

राय ८ की २८ वर्षीय सन्तोषी बिकले ३ वर्ष दखि यौनीबाट सेतो पानी बग्ने समस्या भएको बताइन । अहिलेसम्म लुकाएर राखेको यो समस्या महिला डाक्टर आएपछि खुलेर भनेको र हाल यो समस्या विस्तारै समाधान हुदै गैरहेको बताईन । त्यस्तै डाडाफयाँकी २७ वर्षीया धना रोकायाले पनि आफ्नो समस्याको बारेमा भन्न नसकेर केही बर्ष देखिनै रोग लुकाउँदै आएकी थिइन । अहिले सबै हिसाबले आफुलाई सहज भएको र उपचार भैरहेको बताईन ।

हाल जिल्ला जन स्वाथ्य हुम्लामा उपचार गर्ने आउने महिलाहरु ६० प्रतिशत रहेको छन । महिलाहरुमा धेरै जस्तो समस्या यौन राग गर्भनिरोधको सल्लाह लिने आङ्क खस्ने समस्या हूम्लाका महिलाहरुले खेपिरहेको समस्या हो ।्