२०७७ मंसिर १५, सोमबार

देउती नागरिकद्धारा असाहयलाई सहयोग

सुर्खेत वैशाख २ । सुर्खेतमा रहेको देउती नागरिक यातायात प्रा.लि.ले नया बर्षको शन्दर्भमा असाय र दिनदुखीलाई सहयोग गरेको छ । नयाँ वर्षको अवसरमा देउती वज्यै मन्दिरमा रहेका असायहरुलाई प्रा.लि.ले शुक्रवार विभिन्न खाद्यन्न सामग्री हस्तान्तरण गरेर सहयोग गरेको हो ।

phato : Google

मन्दिर परिसरमा रहेका असायहरुलाई प्रा.लि.का अध्यक्ष कमल खड्का ‘जुनी’ ले चामल, नुन, तेल, दाल हस्तान्तरण गरेका थिए । देउती नागरिक यातायात मुनाफा मात्र कमाउने नभई सामाजिक क्षेत्रमा पनि काम गर्छ भन्ने सन्देश दिन असायह?लाई सहयोग गरेको अध्यक्ष खड्काले बताए ।

देउती बज्यै मन्दिर परिसरमा रहेका ३० जना असायहरुलाई झण्डै १५ हजार बराबरको खाद्य सामग्री वितरण गरेको उनले जानकारी दिए । आगामी दिनमा पनि सामाजिक कार्यमा प्रालिले यस्ता कार्यह? गर्दै जाने उनले उल्लेख गरे । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रालिका अध्यक्षसहित सचिव रमेश खड्का, व्यवसायी गोपाल केशी, भिम महतरा लगायतको उपस्थिती थियो ।