२०७७ मंसिर १०, बुधबार

अपेक्षीत सफलताको बर्ष ‘सम्पादकीय’

पुरानो भित्ताको पात्रो परिवर्तन भएको छ । नया पात्रो अब भित्ताहरुमा टाग्ने समय आएको छ । २०७३ साल सकिएको छ । शुत्रवार देखि नयाँ वर्ष २०७४ साल ले प्रवेश पाएको छ । समग्रतामा २०७२ साल भन्दा २०७३ साल सुर्खेतीहरुका लागि र ६ नम्बर प्रदेशका लागि सुख शान्ति र कम पिडाको बर्ष रह्यो । केहि दुखःद घटना बाहेक समग्रतामा २०७३ साल उत्साह र आशाको सञ्चार गर्ने वर्ष बन्यो । जिल्लामा केहि साना र खुद्रा नकारात्मक खबर बाहेर होलसेलमा सकारात्मक खबर नै बढि आईरहे २०७३ सालभरी ।

२०७२ साल भन्दा ७३ उत्साहजनक र उमगीत भयो । सुर्खेतका बाढीपिडितहरुले ३ वर्ष पुग्दा सम्म पनि च्यातिएका त्रिपालभित्रै जिवन बिताउन बाध्य भएका थिए । विभिन्न चाडपर्वमा घरमा बसेर दाजुभाईहरुसँग टिका लगाउने रहर अधुरै रहेको थियो २०७३ साल । तर अन्तत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घोषणपछि भुकम्पपिडीत सरहक क्षतीपुर्ती पाउने भए । सुर्खेतको एक कार्यक्रममा सहभागि हुन आएका प्रचण्डलाई बाढिपिडीतले मागपत्र प्रस्तुत गरेपछि प्रधानमन्त्रीले सुर्खेतका बाढिपिडीतका माग पुरा गर्दिए ।

२०७३ मा २०७२ साल भन्दा धेरै अप्रीय घटना कम भएका छन । समग्रतामा बुझ्दा २०७३ सालमा देशैभरी झै बिसौ वर्ष सम्म नभएको स्थानीय तह निर्वाचनमा यहाका राजनितिक दल र आम सर्बसाधारणपनि चुनावमा भाग लिन पाउने भएका छन । निर्बाचले सबैमा उत्साहको सञ्चार गरेको छ । गएको बर्षले अत्यसम्म केही विवादका बिचमा पनि आशाहरु छोडेर गएको छ । नेपाल सरकारले बजेट भाषण मार्फत २०७३ वैशाख ७ गते भेरी बबई डाइर्भसनको काम समयमै सम्पन्न गर्ने घोषणा गरेको छ । स्ुर्खेत जिल्लामा पनि मेडिकल कलेज निमार्ण गरिने भएको छ ।

कोहलपुर सुर्खेत ४ लेन सडक विस्तार गर्ने निणर्य गरेको छ, यो सुर्खेती बासीन्दाहरुका लागी अत्यन्तै खुसीको विषय हो । तत्कालीन सरकारले प्रदेश नं ६ भनेको विभिन्न जडीबुटीको सम्भावना भएकोले सुर्खेतमा जडीबुटी प्रशोघन केन्द्र विस्तार गर्ने निर्णय गरेको छ । यि सबै शन्दर्भ ७३ सालका ठुला र सकारात्मक कुरा हुन । यो अनुसार हामि गएको बर्षका लागि उत्साहित हुनुपर्छ र आउने समय पनि हामिले अपेक्षा गरेको जस्तो होस ।