२०७७ मंसिर २०, शनिबार

बाडिपिडीत भन्छन, जो दिन्छ खाजा उही मेरा राजा

सुर्खेत वैशाख ३ । बाढीले घर जग्गा बगाएर विस्थापित बनेका सुर्खेत इत्राम ८ का बासीन्दाहरुले स्थानिय तहको निर्वाचनमा भोट नहाल्ने भएका छन । दलहरुले अहिले सम्म पूनस्थापना र राहातको रकम उपलब्ध गर्ने चासो नदेखाएको भन्दै उनीहरु आक्रोशित बनेका हुन ।

३२ महिना पुरा हुदा पनि पुष्पकमल नेतृत्वको सरकारले भुकम्प पिडीत सरह राहात रकम उपलब्ध गराने भनेपनि आफुहरुलाई सो रकम उपलब्ध गराउन कसैले चासो नदेखाएको बताएका छन । बाढी पिडितहरुको मागकोको सम्बोधन नगरेको भन्दै राजनैतिक दलहरुको उदाशिन्ताका कारण आफुहरुले हालसम्म पनि टेण्ट मुनि बसीरहेको र सास्ती खेपिरहेको बताएका छन ।

वीरेन्द्रजगरस्थीत महिला प्रशिक्षण केन्द्रका बाढीपिडितहरुले राजनैतिक दलका कार्याकर्ता भोट माग्न समेत हालसम्म नआएको बताए । बाढिपिडीतहरु लामो समयसम्म पुनःस्थपना नहुँदा उनीहरुलाई गाँसबासको चिन्ताले सताएको उनिहरु बताउछन । वीरेन्द्रनगर इत्राम फुलबारी टोलका भक्त बहादुर शाहीले गाँस बास कपासको राज्यद्धारा व्यवस्था नभएको भन्दै विनियोजन गरिएको रकम समेत आफुहरुले नपाएको बताए ।

सरकारले राहत रकम एकमुस्ट दिन निर्णय गरेपनि सरकारी प्रकृयाको ढिलासुस्तीका कारण हालसम्म पनि आफुहरुले राहात रकम नपाएको बताए । आफुहरुलाई सरकारले भुकम्प पिडीत सरह एकमुष्ट राहात रकम उपलब्ध गराउने भनेपनि हालसम्म नपाउदा सास्ती खेप्नुपरेको बताएका छन ।

इत्रामकै गौरीदेवी कामीलाई पनि दैनिकी चलाउने कुराका कारण दिनरात चिन्ताले सताउने गरेको बताइन । उनलाई ५ जनाको परिवारलाई पाल्न धौ धौ भएको बताएकी छन । न घर छ न बारी छ कसरी खाने कसरी जिन्दगी बाच्ने राज्यले सबै कुराको टुगो गर्दिउको भए हुने ।

स्थानीय निर्वाचन आउदै छ । नैतिक रुपले नेताहरु भोट माग्न आएका छैनन् । उनले भनिन जो दिन्छ खाजा उसै मेरो राजा जस्ले बाढी पिडितहरुको राहात रकम र पुनस्थापनाको रकम छिटो भन्दा छिटो गर्छ त्यही नेतालाई जिताईन्छ । महिला प्रशिक्षण केन्द्र लगाएत जिल्लाभरी नै बाढि पिडीतहरुले धेरै नै सास्ती व्यहोरेका छन । नेपाल सरकारले अर्थमन्त्रालय मार्फत भुकम्प पिडीत सरह बाढि पिडीतलाई राहात रकम उपलब्ध गराउने भनेपनि हालसम्म जिल्ला प्रसासन कार्यलयमा अख्तीयारी नआइसकेको जिल्ला प्रसासन कार्यालयको भनाई छ ।