२०७७ माघ ९, शुक्रबार

पन्त समाजको शुभकामना आदानप्रदान

सुर्खेत, वैशाख ३ । पन्त समाज सुर्खेतले नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । पन्त समाज र राइनास्टार सहकारी संस्थाले संयुक्त रुपमा गरेको कार्यक्रमा पन्त समाजका केन्द्रीय महासचिव एकिन्द्र पन्तले नयाँ वर्षले भातृत्व र आपसी सम्वन्ध बढाउने विश्वास व्यक्त गरे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सामाजिक हितको संरक्षण गर्नको लागि भातृत्वको विकास आवश्यक भएको उल्लेख गरे । किरण पन्तले संचालन गर्नु भएको कार्यक्रममा पन्त समाजका शंभु पन्त, युवा सदस्य मिलन पन्त, मिनराज पन्त, प्रेम पन्त, रामप्रसाद पन्त लगायतले आफनो भनाई राखेका थिए ।

पन्त समाजका अध्यक्ष शंभु पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र केन्द्रीय महासचिव एकिन्द्र पन्तलाई पन्त समाजको तर्फवाट मायाको चिनो हस्तान्तरण गदै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।