२०७७ मंसिर १६, मंगलवार

नयाँ बस ल्याउने देउती नागरीकको तयारी

सुर्खेत, वैशाख ३ । देउती नागरिक यातायात प्रालि सुर्खेतले आउँदो दशैँसम्म सुविधासम्पन्न बस ल्याउने योजना बनाएको छ । प्रालिका अध्यक्ष कमल खड्का जुनीले आउँदो दशैँसम्ममा शौचालय सहितका ३२ सिट भएका पाँच वटा गाडी सुर्खेत भित्र्याउने योजना बनाएको जानकारी दिए ।

यी बस सुर्खेत–काठमाण्डौं रुटका लागि ल्याईने अध्यक्ष खड्काले जानकारी दिए । नया वर्षको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अन्य यातायात व्यवसायी समितिलाई स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह पनि गरे । यातायात क्षेत्र सेवामूलक व्यवसाय भएकोले व्यवसायसँगै यात्रुको हितका लागि सोच्नुपर्ने अध्यक्ष खड्काको भनाई छ ।

३२ वटा गाडी रहेको देउती यातायात प्रालिले हाल सुर्खेतदेखि दैलेख, जाजरकोट, कुसापानी, बाबियाचौर र नेपालगञ्जको रुटमा सेवा दिदै आएको छ