२०७७ माघ ३, शनिबार

नयाँ वर्षमा अग्रज सार्वजनिक

नयाँ वर्ष ०७४ को अवसर पारेर विभिन्न गायक-गायिकाको आवाजमा आधुनिक गीति एल्बम ‘अग्रज’ सार्वजनिक गरिएको छ ।

 गीतकार डा. राजुबाबु श्रेष्ठको रचना र संगीतकार हरि लम्सालको संगीतमा एल्बम तयार भएको हो । पाँचवटा गीत संगृहित एल्बममा गायकहरू प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश वैद्य, दीपक खरेल र संगीता राना प्रधानको स्वर छ । काठमाडौंका एफएम रेडियोबाट गीत सार्वजनिक गरिएको हो।

‘गीत सुन्ने सिर्जना भएकाले तडकभडकपूर्ण विमोचन गरेनौँ,’ गीतकार श्रेष्ठले भने, ‘रेडियोहरूलाई हाम्रा गीत राम्रा लागेमा बजाइदिन अनुरोध गरेका हौँ ।’

नेपाली गीत संगीतका धरोहरको सम्मानका लागि आफूहरूले एल्बम निकालेको गीतकार तथा संगीतकारको भनाइ छ । अभिभावक पुस्तालाई यसरी नयाँ ढंगले एउटै ठाउमा जम्मा गर्ने काम निकै गाह्रो भए पनि आफूहरूले विगत दुई÷तीन वर्षदेखि योजना बनाएर लागेका कारण मात्रै सम्भव भएको संगीतकार लम्सालले बताए । नयाँ पत्रिकाबाट