२०७७ कार्तिक ५, बुधबार

मनोसामाजिक परामर्श तालिम

sibinaसुर्खेत, साउन २७ । सिविन नेपालको आयोजनामा सञ्चालन भएको मनोसामाजिक परामर्श र संयन्त्र प्रणालीसम्बन्धी एक दिने तालिम बुधबार वीरेन्द्रनगर र सालकोट गाविसमा सम्पन्न भएको छ ।

युरोपियन कमिसनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा सञ्चालित ‘बाधा अबरोध हटाऔंः शिशु बालिका अधिकार संरक्षण गरांै’ (बिटिबि) परियोजनाअन्तरगत वीरेन्द्रनगर नगरपालिका र सालकोट गाविसमा तालिमको आयोजना गरिएको हो । मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिबृद्धि गर्ने र पाँच वर्ष मुनिका बालिकाको अधिकार संरक्षणसम्बन्धी जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिममा मनोसामजिक समस्या पहिचान कसरी गर्न सकिन्छ, यसका कारण, मनोसामाजिक सहयोग गर्ने तरिका र सीप, मनोसामाजिक समस्यामा भएका व्यक्तिहरुलाई कहाँ सिफारिस गर्ने संयन्त्रबारे जानकारी, गर्भपतनसम्बन्धी अवधारणा र कानुनी व्यवस्था, समुदायमा कसरी सहयोग गर्ने र लैङ्गिक विभेदको बारेमा छलफल गरिएको थियो । तालिममा सहभागीहरुले तालिममा छलफल गरिएका विषयहरुलाई समुदायमा गएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तालिममा वीरेन्द्रनगर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्चका सदस्य, महिला सञ्जाल, आमा समूह लगायतको सहभागिता रहेको थियो । तालिममा आवाज संस्थाकी सिनियर काउन्सलर निशा पौडेल र वल्र्ड भिजन एड्भोकेसी फोरमकी पुष्पा मल्ल कोइरालाले प्रशिक्षण दिएका थिए ।

यस्तै, सालकोट गाविसमा सिविन नेपालकी काउन्सिलर संगिता वली र बालिका अधिकार सहजकर्ता निर्मला आचार्यले प्रशिक्षण दिएका थिए । महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, वडा नागरिक मञ्चलगायत सहभागी भएको थियो ।