२०७७ माघ १२, सोमबार

पाठ्यक्रम निर्माण तथा अनुसन्धान कार्याशाला

सुर्खेत, वैशाख ४ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायको आयोजनामा पाठ्यक्रम विकास तथा अनुसन्धान ढाचाका प्रक्रिया सम्बन्धी दुई दिने कार्याशाला गोष्ठीको सुरु भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले उद्गघाटन गरेको विश्वविद्यालयका श्रोतले जनाएको छ । उपकुलपति कोइरालाले स्थानिय, राष्ट्रिय एवम अन्तर्राष्ट्रिय बजारमा माग हुने विषयको पाठ्यक्रम निर्माण गर्दै समाज र राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन र आपूर्ति गर्न विश्वविद्यालय सदैव क्रियाशील रहेको बताएका छन । उपकुलपति कोइरालले नयाँ वर्षको प्रारम्भ सँगै शिक्षाशास्त्र संकायले प्राज्ञिक कार्यको थालनी गरेकोमा प्रशसा गरे ।

त्यसैगरी विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्वविद्यालय गणित शिक्षाका प्राध्यापक प्रा।डा। हरि प्रसाद उपाध्यायले स्थापनाकालमा स्नातक तहको पाठ्यक्रम निर्माणको अवसरलाई स्मरण गर्दै त्यसको प्रभावकारी कार्यान्वनको मुल्यांकन गर्नुपर्ने र स्नातकोत्तर तहको पाठ्यक्रमलाई स्तरीय र प्रतिष्पर्धामा अब्बल स्तरको बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा रजिष्ट्रार डा। महेन्द्र कुमार मल्ल, विषय विज्ञ प्रा. उमानाथ पाण्डे, डीनहरू प्रा.डा. देब बहादुर खड्का, खोपिराम लम्साल, ई ललितविक्रम राणा, निर्देशकहरू डा. दिप बहादुर रावल, लिलाधर तिवारी, परिक्षा व्यवस्था प्रमुख चन्द्रा भारती, क्याम्पस प्रमुख डा. आनन्द प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षा शास्त्र संकायका डीन यमबहादुर कार्कीको अध्यक्षता र उपप्राध्यापक प्रेम कुमारी ढकालको संचालनमा सम्पन्न भएको थियो ।