२०७७ माघ ४, आईतवार

प्रदेश अध्यक्ष रोकालाई बधाई

सुर्खेत, वैशाख ४ । नेपाल टेलिभिजनका नवनियुक्त महाप्रवन्धक गोविन्द रोका सचिनलाई प्रदेश एफ एम नेटवर्क सुर्खेतले वधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

प्रदेश एफ एम नेटवर्कको सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका रोका नेपाल टेलिभिजनको महाप्रवन्धक भएपछि पहिलो पटक सुर्खेत पुगेको अवशर पारी फूलमाला, खादा तथा अविर सहित वधाई ज्ञापन गरिएको हो । एफ एम पविारले उहाँको चार वर्षे कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक रोकाले आफु नेपाल टेलिभिजनको महाप्रबन्धक सम्म पुग्नको लागी प्रदेश एफएमको पनि महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।  उहाँले एउटा सानो विरुवालाई ठुलो बनाउन जसरी गोडमेल र मलजल गरिन्छ त्यसरी नै आफु त्यहाँ पुग्ने मुल जरो पनि प्रदेश एफएम र यहाका कर्मचारी रेहको बताउनु भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस अवशरमा नेपाल टेलिभिजनको कोहलपुरण प्रशारण सुरु गरिएको जानकारी गराउँदै अव ५, ६ र ७ नम्वर प्रदेश सहित यस क्षेत्रका गतिविधिले नेपाल टेलिभिजनमा प्रसस्त स्थान पाउने वताउनुभयो । साथै यस क्षेत्रको पत्रकारीताको विकासका लागी आफु निरन्तण लागिरहने पनि रोकाको भनाई छ ।  वधाई कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, रेडियोमा कार्यरत कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।