२०७७ माघ ७, बुधबार

प्रेमिल प्रियंका

नायिका प्रियंका कार्की सुन्दरता र व्यस्तता दुबैमा अगाडि छिन्। फिल्म हिट होस् वा फ्लप प्रियंका हिट छिन्। फिल्ममा मात्रै नभएर म्युजिक भिडियो र विज्ञापनमा पनि उनलाई लिन चाहनेहरुको कमी छैन। पछिल्लो पटक त आयुष्मान देशराज श्रेष्ठ र परमिता राणाबीचको ब्रेकअपपछि प्रियंका आयुष्मानसँग नजिएको दाबी गर्नेहरु बढेका छन्। स्विम सुटदेखि साडीसम्म जे लगाए पनि सुहाउने प्रियंकाको राधे, लालटिन, ह्याप्पी डेज, काठमाडौं कथा, फाटेको जुत्ता आगामी फिल्महरु हुन्। गत महिना भारतको इटो नुडल्समा हिन्दी भाषामा विज्ञापन खेलेकी प्रियंकाको बजार भाउ निरन्तर उक्लिरहेको छ।