२०७७ माघ ९, शुक्रबार

गर्मी संगै दाङमा आँखाका विरामीहरु बढ्दै

दाङ ४ बैशाख । गर्मी संगै दाङमा आँखाका विरामीहरु बढेका छन् । राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा हाल विरामीहरुको भिडलाग्ने गरेको छ ।

अस्पतालमा हाल दैनिक चार सय बढी विरामीहरु आउने गरेका अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभएको छ । गर्मी याम संगै आँखा चिलाउने विजाउने, आँखा पाक्ने रोगका विरामीहरु हावतै बढेको गौतमले बताए । अस्पतालमा अन्य दिनहरुमा दैनिक विरामीहरु दुईसय ५० देखि ३ सय सम्म आउने गरेकोमा हाल दैनिक विरामीहरु बढेर चार ५० सम्म विरामीहरु आउने गरेका छन् ।

गर्मी याम संगै संक्रमण बढी फैलने, सुखा मौसम, हावाहुरी र धुलोले गर्दा पनि आँखा सम्वन्धी समस्याहरु बढी हुने उनले बताए । त्यसैगरी अस्पतालले आँखाको समस्या देखिन बितिकै अस्पतालमा आउन पनी अनुरोध गरेको छ । संक्रमण बाट बच्न धुलो तथा घाममा हिडदा चश्मा प्रयोग गर्ने, रोगीले प्रयोग गरेको रुमाल तौलीया तथा औषधीहरु प्रयोग नगर्ने र संक्रमण देखिन बितिकै तुरुन्त अस्पताला आउन नेत्र अधिकृत गौतमको सुझाव छ ।

त्यसैविच अस्पतालले विशेषज्ञ सेवा सुरु गरे संगै अन्य विरामीहरुपनि बढेका छन् । अस्पतालले करिव दुई करोड ८० लाख लागतमा बिभिन्न आँखा सम्वन्धी उपकरणहरु ल्याय र सेवा दिन सुरु गरेपछि विशेषज्ञ सेवा लिनेहरु पनि बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आँखाको प्रेशर नापने एनसीटि, दृष्टि नशाको जाँच गर्ने भिएफए मेसिन, आँखाको दृष्टि प्रदामा भएको समस्याको उपचार गर्ने ग्रिन लेजर मेसीन ल्याएको अस्पतालले जनाएको छ । यस अघि सो सेवा दाङमा नहुदा यहाँका विरामीहरु काडमाडौ, भैरवालगायतका स्थानमा रिफर गर्ने पर्ने समस्या थियो