२०७७ माघ ९, शुक्रबार

पत्रकार महासंघ सुर्खेतको निर्वाचन, युनियन र सेन्टरको गठबन्धन

सुर्खेत, बैशाख ५ । नेपाल पत्रकार महासंघ, सुर्खेतको आगामी बिहीबार हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलको घोषणा गरिएको छ । युनियन र सेन्टरले सोमबार सहमति गर्दै आइतबार संयुक्त प्यानलको घोषणा गरिएको हो । सहमतिमा युनियन र सेन्टरबीच आलोपालो नेतृत्व लिनेपनि उल्लेख छ ।

प्यानल घोषणा कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति नारायणकोईराला मुलुक सञ्चालनमा काँग्रेस र माओवादीको संयुक्त सरकार भएकोले जिल्लाको पत्रकार महासंघमा पनि युनियन र सेन्टरबीच संयुक्त प्यानल घोषणा हुनुलाई स्वभाविक भएको बताए ।

उनले संयुक्त प्यानलले जीत हासिल गर्ने विश्वास व्यक्त गर्दै एक–आपसमा विश्वासका साथ अगाडि बढ्न पनि सुझाव दिए । नेकपा माओवादी केन्द्रका प्रचार संयोजक हरिमाया शर्माले विगतमा चौतारीसँगको सहयात्रा पीडादायी भएको भन्दै यसपटक युनियनसँगको सहयात्रा सहज हुने विश्वास व्यक्त गरिन् ।

उनले राजनीतिमा गठबन्धन बन्ने र भत्कने स्वभाविक भएको उल्लेख गर्दै एकअर्काप्रति विश्वास गरेर विजय प्राप्त गर्न सुझाव दिइन् । पत्रकार महास‌घका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस वीरेन्द्रनगर नगर सभापति देवकुमार सुवेदी, नेकपा माओवादी केन्द्रका नेता गंगाराम तिमिल्सेना, पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पाैड्याल, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस सेन्टरका अध्यक्ष प्रकाश पौडेलले समय र आवश्यकता अन ुसा र गठवन्धन गरिएको आपसीमा विश्वासका साथ जीत सुनिश्चित गराउन जोड दिए । उनीहरुले संयुक्त प्यानललाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।