२०७७ माघ १२, सोमबार

दाहालको घोषणा–पत्र सार्वजनिक, वीरेन्द्रनगर हराभर र सुन्दर सहर बनाउने

सुर्खेत, बैशाख । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गेहेन्द्रप्रसाद दाहालले सम्बृद्ध वीरेन्द्रनगर नयाँ सोचको परिकल्पना गरी प्रारम्भिक घोषणा–पत्र तयार गरेका छन् ।

वीरेन्द्रनगरलाई सुन्दर नगर बनाउने हिसाबले नयाँ सोच परिकल्पना गरेको गेहेन्द्रप्रसाद दाहालले प्रारम्भिक घोषणा–पत्र सार्वजनिक गरेका हुन् । स्वतन्त्ररुपमा चुनाव लड्न लागेका दाहालले राजनीतिक दलहरुक ो नेताहरुमा भिजन नहुँदा आफू शिक्षण पेशाबाट राजिनामा दिएर राजनीतिमा आएको बताएका छन् ।

प्रजातन्त्रको पुनर्वहाली भएको २८ वर्षसम्म पनि दलहरुबाट जनताले चाहेको परिवर्तन र विकास हुन नसकेको भन्दै उनले परिवर्तनको नेतृत्व गर्ने क्षमता आफूमा भएको दावी गरे । ‘‘शिक्षकले कहिल्यै गलत सिकाउँदैन, सत्यलाई स्वतन्त्ररुपमा नगरवासीले मूल्याङ्कन गर्नेछन्’’ उनले भनेका छन्, ‘‘नगरवासी कोही दलका अन्धभक्त छैनन्, यो नगरको विकास र युवाहरुको नेतृत्वको लागि जिताउनेछन् ।’’ दाहालले वीरेन्द्रनगरको स्वतन्त्र मेयर आफूले जितेमा सबैको सकारात्मक सहयोग अनुभवका आधारमा आगामी पाँच वर्षभित्रै यो नगरक ो परिवर्तन गरी उत्कृष्ठ नगरपालिका स्थापित गर्ने बताए ।

स्वतन्त्र उम्मेदवार दाहालले विशेषगरी सुर्खेतका पर्यटन, आर्थिक तथा भौतिक विकास र शैक्षिक क्षेत्र बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले वीरेन्द्रनगर सुन्दर र  हराभरा बनाउनेसमेत बताएका छन् ।