२०७७ माघ १२, सोमबार

किन पत्रकार दिया चन्दमाथि प्रहरीले गर्यो हातपात ?

काठमाडौं, ५ बैशाख   ।  कञ्चनपुरमा प्रहरीले पत्रकार दिया चन्दमाथि हातपात गरेको खबर प्राप्त भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रहरीले बिथोलेको फोटो तथा भिडियो खिचेको भन्दै उनलाई प्रहरीले हातपात गरी क्यामरा समेत  खोसेको चन्दले न्यूज अभियानलाई बताईन्   ।

आफूमाथि हातपात भएको भन्दै चन्दले आफ्नो फेसबुकमा  स्टेटस सहित तस्बिर  पोष्ट गरेकी छिन् ।

पत्रकार चन्द इमान्दार मिडिया डटकममा सञ्चालक छिन् भने उनि रिपोर्टिंङका लागि कञ्चनपुर (फिल्ड) मा पुगेकी हुन् ।

करिब ३ हजार जनता सहभागि रहेको उक्त कार्यक्रममा सिडिओको आदेश भन्दै बल प्रयोग गरेर भएपनि रोक्ने सड्यन्त्र गरेको कम्युनिष्ट पार्टीले जनाएको छ।

चन्दका अनुसार  देशभरी कम्युनिष्ट पार्टीलाइ कार्यक्रम गर्न नदिने गृहमन्त्रीको आदेश आएकोले कार्यक्रम बिथोलेको र सिडिओको आदेशमा सशत्र प्रहरी जनपद प्रहरी परिचालन गरी कार्यक्रम बिथोलेको  बताईएको छ ।

www.imandarmedia.com/ bat