२०७७ माघ १२, सोमबार

निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह ः उप–प्रधानमन्त्री कमल थापा

दाङ ५ बैशाख राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गर्नुभएको छ। रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनि विरोध गर्नुभएको छ।

थापाले भन्नुभयो ‘ हामी निर्वाचन आयोगको एक पक्षिय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुर्नंविचार नभएर जस्तो सुकै कठोर निर्णयगर्न बाध्य हुनेछौं।’ उप–प्रधानमन्त्री थापाले आँफुहरुको माग सम्वोधन भएको खण्डमा आँफुहरु सरकार र निर्वाचन दुबैमा सहभागि नहुने शंकेत समेत गर्नुभएको छ।
। रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका थापाले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने धारणा राखेका उहाले त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त हुने वताउनु भयो।

‘ धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यि मान्यता संविधान अनुकल छन् ।’ थापाले चेतावनीको शैलिमा भन्नु भएको थियो। ‘ एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।

’ तर उनले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मिति मै निर्वाचन हुनेमा आशंका व्यक्त नगर्न आग्रह पनिगर्नुभएका थियो।

। उहाले मधेसी मोर्चापनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने धारणापनि व्यक्तगर्नुभएको छ। । कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमल गर्नुभएको थियो ।

यसैबिच राप्रपाले प्रदेश नम्वर ५ स्तरीय चुनावी सभा तथा पार्टीको बिधानमा उल्लेख गरिएको वाक्याश निर्बाचन आयोगले हटाएको बिरोधमा आज तुलसीपुरमा बिरोध सभा गरेको छ ।

आफ्नो बिधानमा उल्लेख गरिएको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्ने वाक्यांश निर्वाचन आयोगले हटाएको बिरोधमा आन्दोलनरत सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलीत भएको हो । उसले चुनावी सभा र बिरोध सभा एकै साथ गर्न लागेको राप्रपा श्रोतले जनाएको छ ।

सभालाई राप्रपाका अध्यक्ष कमल थापा,पूर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,पार्टीका पूर्ब अध्यक्ष पशुपति सम्शेर राणा लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नु जिल्ला अध्यक्ष भएको छ । तुलसीपुर स्थीत बाहिनी चौकमा आयोजना गरिएको सभामा पार्टीका केन्द्रीय सदस्य एबम अभिनेत्री रेखा थापा र केन्द्रीय सदस्य एबम गायीका कोमल वलीले सम्बोधन गर्नुभएको छ ।