२०७७ मंसिर ११, बिहीबार

दाङमा २ हजार २सय ८ जना बालबालिका विद्यालय बाहिर

दाङ ५ बैशाख दाङमा २ हजार २सय ८ जना बालबालिका विद्यालय जान नपाएको जिल्ला शिक्षा कार्यलयको तथ्याङकले देखाएको छ । जिल्ला शिक्षा अधिकारी रमेश प्रशाद मैनालीको अध्यक्षतामा आज भएको पत्रकार सम्मेलनमा उतm कुराको जानकारी गराएको हो । बैशाख ३ गते देखी १४ गते सम्म भर्ना अभियान सञ्चालन गरेकोे तथा १४ गते सम्म भर्ना हुन नआएमा घरदैलो अभियान शु? गर्ने पनि जानकारी गराईएको थियो ।

३ देखी ५ वर्ष मुनिका विद्यालय नआउने विद्यार्थी संख्या ८२ रहेको छ । त्यस्तै ५ देखी १६ वर्ष समुहका विद्यार्थी संख्या ५८ रहेको छ । साथै २ हजार २ सय ८ जना बालवालीका विद्यालय नआउनुको कारणे गरीवी ,विद्यालय टाढा भएर , शारिरीक अपाङगता ,द्धन्द बसाईए सराई तथा वाल विवाहको ले गर्दा पनि विद्यालय जानबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत देवमनी चौधरीले जानकारी गराउनु भएको थियो ।

साथै यस वर्ष कक्षा १ देखी ५ सम्म पाठ्पुस्तकको अभाव नहुने र ६ देखी ८ कक्षाको केही समयमा नै पाठ्पुस्तक उपल्ब्ध गराउने पनि जिल्ला शिक्षा अधिकारी रमेश प्रशाद मैनालीले जानकारी गराउनु भएको थियो । तेस्तै कक्षा १० पाठ्पुस्तक भने तत्काल उपल्ध गराउन नसक्ने तथा हाललाई विद्यार्थीह?लाई पुरानो पाठ्पुस्तक उपलब्ध गराउने र केही समय पश्चात उपलब्ध गराउने पनि पत्रकार सम्मेलनमा मैनालीले जानकारी गराउनु भएको थियो ।

यसैगरी कार्यक्रममा फगुन २० गते नै सवै विद्यालयह?को खातामा पाठ्पुस्तक उपलब्ध गराउने रकम पठाई सकेको जानकारी गराईएको थियो । उतm कार्यक्रमको सञ्चालन उप जिल्ला शिक्षा अधिकारी ?द्रप्रसाद रेग्मीले गर्न भएको थियो ।