२०७७ माघ ३, शनिबार

नयाँ शक्ति जाजरकोटका संयोजक माओवादी केन्द्रमा प्रवेश

बैशाख, जाजरकाेट । नयाँ शक्ति पार्टी नेपाल जाजरकोटका संयोजक इन्द्रबहादुर शर्मा(प्रशान्त) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्ति नेपालको केन्द्रिय सचिवालय सदस्य समेत रहेका शर्मा बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

 शर्मासंगै नेपाली कांग्रेसका पूर्व जिल्ला कार्य समितिका सचिव एवं दह (साविक) गाविसका निर्वाचित गाविस अध्यक्ष नरजित शाही र नेकपा एमाले सीमा (साविक) गाविसका पूर्व गाविस अध्यक्ष लालबहादुर थापा पनि माओवादी केन्द्र मा प्रवेश गरेको माओवादी केन्द्रका जिल्ला संयोजक ढकबीर राना (शान्त) ले जानकारी दिए ।

 यो संगै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र नेपाल कम्युष्ट पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेको संख्या १३ सय ५७ पुगेको माओवादी केन्द्रले जनाएको छ । नयाँ पत्रिकाबाट