२०७७ माघ १४, बुधबार

वीरेन्द्रनगरमा बेबारिसे फेला परेको बम नेपाली सेनाले निष्क्रिय पा¥यो

बैशाख ६, सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर चाइनापुल नजिकै बेबारिसे अवस्थामा १ थान हाते बम र ५ राउण्ड गोली फेला परेको छ ।

वीरेन्द्रनगरको शुभ होटल पछाडि फेला परेको उक्त हाते बम र ५ राउण्ड गोलीमा खिया लागेको भएकाले पुरानो बम हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहनकुमार आचार्यले जानकारी दिए । उक्त स्थानमा बम रहेको प्रारम्भीक जानकारी आएसँगै सुर्खेत प्रहरी सहित नेपाली सेनाले उक्त बमलाई निस्क्रिय पारेको आचार्यले जानकारी दिएका छन् ।

उक्त ५ वटा एसएलआर गोली र एउटा सकेट बम द्धन्द्धकालमा माओवादीले छोडेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपि मोहन आचार्यले जानकारी दिएका छन् ।