२०७७ कार्तिक ४, मंगलवार

सुर्खेतमा मेडिकल कलेज स्थापना

cropped-nayanepal.jpgमानवीय जीवनसँग जोडिएको असाध्यै महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो । आफ्नै स्वास्थ्यसँग हामी कैयांैपटक लुकामारी, कैयौंपटक भलाकुसारी त, कैयौंपटक सम्वाद गरिरहेका हुन्छौँ । हामीले हामी आफै स्वस्थ्य हँुदा होस् या विसन्चो हुँदा, जतिसुकै बेला पनि चासो व्यक्त गरिरहेका हुन्छौँ ।

हामीले अत्यावश्यक सेवाअन्तरगत स्वास्थ्यका महत्वपूर्ण कुरामा भरपर्दो वातावरण र सेवा पाईरहेका हुँदैनाँै । कतिपय विकसित देशहरुमा सुरुदेखि नै स्वास्थ्यको जिम्मा राज्यले लिएको हुन्छ । तर विडम्बना हामी अहिले पनि विभिन्न समस्याका बीचबाट बाँचिरहेका छौँ । जति गरिब भयो, उसले प्रभावकारी स्वास्थ्य नपाउने, जति दुर्गमको भयो, उसले ठगिनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।

त्यसका लागि राज्यले अहिले देशैभर मेडिकल कलेजको अवधारणामा काम गरिरहेको छ । यस क्षेत्रलाई नै मुख्य केन्द्र बनाएर कलेज स्थापना हँुदैछ । सुर्खेतमा लामो समयदेखि माग गरिएको मेडिकल कलेज स्थापनाले अब औपचारिकता पाएको छ । मेडिकल कलेज स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रारम्भिक समिति निर्माण गरेसँगै यसको स्थापनाले औपचारिकता पाएको हो ।

सरकारले प्रत्येक प्रदेशमा एउटा÷एउटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेअनुसार सुर्खेतमा पनि यसले औपचारिकता पाएको छ । सरकारले बजेटमा घोषणा गरेअनुसार सुर्खेतमा प्रदेश नं. ६ का लागि मेडिकल स्थापना गर्ने काम औपचारिकरुपमा सुरु हुने भएको हो ।

सरकारले बजेटमा एक प्रदेश, एक मेडिकल कलेज स्थापना गर्ने घोषणासँगै पहिलो चरणमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने बताएको थियो । सोही अनुसार अहिले सुर्खेतमा प्रारम्भिक चरणको काम सुरु हुन लागेको हो ।

यसअघिकै सरकारले निर्णय गरेअनुसार अहिले सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक समिति निर्माण भएको छ । त्यो समितिले युद्धस्तरमा काम गर्ने र सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि छिटोभन्दा छिटो काम गर्ने कुरालाई टुङ्गोमा पु¥याउन जरुरी छ ।

विवादरहित समिति र अवधारणामा नतिजा निकाल्ने गरी काम गरौँ । यस क्षेत्रका आम सर्वसाधारणको चासो पनि बढी छ, लाभान्वित पनि बढी हुनेछन् ।