२०७७ मंसिर १३, शनिबार

जागिर छोडेर निर्वाचनमा भिड्दै

कालिकोट, बैशाख ८। प्रदेश नं. ६ का विभिन्न जिल्लामा सरकारी जागिर छाडेर स्थानीय तह निर्वाचनमा भिड्न आउनेहरुको संख्या बढेको छ । प्रदेश नं. ६ मा स्थानीय तहको निर्वाचनमा कालिकोटका पाँच जना शिक्षकहरुले राजिनामा दिएका छन् ।

शिक्षकले राजिनामा पत्रमा घरायसी कामकाज र स्वास्थ्य अवस्था कमजोर भएको उल्लेख गरेको जिल्ला शिक्षा अधिकारी विष्ण ुप ्रसाद तिवारीले बताएका छन् । बडिमालिका मावि रास्कोटका प्रधानाध्यापक मनिराज बराल, मोतिराम मावि सिपखनाका प ्रधानाध्यापक दानबहादुर बम, सिपखानाका प्राविका शिक्षक राजेन्द्रनाथ योगी, शान्ति मावि रातीमाटा माल्कोटका प्रधानाध्यापक धनबहादुर बटाला र जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति धिरबहादुर बिष्टले राजिनामा दिएका हुन् ।

शिक्षक मनिराज बराल र दानबहादुर बम रास्कोट नगरपालिका मेयर पदका लागि नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने खवर छ । शिक्षक राजेन्द्रनाथ योगी रास्कोट नगरपालिकाको वडापालीमा नेकपा एमालेबाट चुनाव लड्ने बताइएको छ । यसैगरी, शिक्षक धनबहादुर बटाला राप्रपा र स्रोत व्यक्ति धिरबहादुर बिष्ट नेकप ा एमालेब ाट न रह िरनाथ गाउँपालिकामा अध्यक्ष पदका लागि लड्ने बताईएको छ ।

यसअघि ६ नम्बर प्रदेशकै सुर्खेतमा एक जनाले मा ध्यमिक तहक ो प्रधानाध्यापक जागिर छाडेर मेयरको उम्मेदवारी घोषणा गरेका छन् ।