२०७७ मंसिर १३, शनिबार

१३ विधामा फोटोपत्रकारलाई अवार्ड दिइने

काठमाडौँ   | राष्ट्रिय फोटो पत्रकार समूह (एनफएपीजे) ले स्थापनाको २० औं वर्षगाँठको अवसरमा विभिन्न १३ विधामा अवार्ड प्रदान गर्ने भएको छ । बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो कन्सर्न नेशनल फोटोजर्नालिज्म अवार्ड २०७३ को आयोजना गरी अवार्ड प्रदान गर्न लागेको हो ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै प्रोत्साहन स्वरुप फरक–फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट नगद १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गर्ने एनफएपीजेले जनाएको छ ।

अवार्डका १३ विभिन्न विधाहरुलाई १३ वटै विभिन्न प्रतिष्ठित ब्यापारिक तथा वित्तिय संस्थाहरुले प्रायोजन गरेका छन् । समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ । अाजकाे नयाँ पत्रिकाबाट