२०७७ माघ ३, शनिबार

सरस्वती आधारभुतलाई शैक्षिक सामाग्री सहयोग

घोराही,१० बैशाख । राप्ती एकता समाज दाङले घोराही उप–महानगरपालिका–३ मुसोटखोलामा रहेको सरस्वती आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

विद्यालयको प्रशासनिक कार्यसँगै विद्यार्थीहरुको शिक्षा आर्जनमा सहयोग पु¥याउने उद्देश्यले समाजले शुक्रवार विद्यालयमा नयाँ वर्ष शुभकामना आदानप्रदान तथा शैक्षिक सामाग्री सहयोग कार्यक्रमको आयोजना गरी प्रिन्टर लगायतका शैक्षिक सामाग्री विद्यालयलाई सहयोग गरेको हो ।

राप्ती समाज दाङका अध्यक्ष दिलबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शितलले विद्यालयका प्रधानाध्यापक मिनराज लम्साललाई प्रिन्टर मेसिन लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

समाजले केहीसमय पहिले विद्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको थियो । राप्ती एकता समाज कुवेतको सहयोगमा विभिन्न व्यक्तिहरुवाट संकलन गरिएको रकमवाट विकट गाउँमा रहेको सरस्वती आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष सार्कीले बताउनुभएको छ ।

समाजका कोषाध्यक्ष रेशम नेपालीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिनराज लम्साल,शिक्षकहरु दानमाया केसी,राप्ती एकता समाज कुवेतका अध्यक्ष मस्तबहादुर विक,पत्रकार लिलाधर ओली,नेकपा माओवादीका सन्देश विक,स्थानीय दिलबहादुर घर्ति लगायतले विद्यालयलाई सहयोग गर्ने कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राप्ती एकता समाज दाङका सदस्य रविन्द्र विकले गर्नुभएको थियो । राप्ती एकता समाज कुवेतको सहयोगमा विभिन्न व्यक्तिहरुवाट संकलन गरिएको रकमवाट सहयोग गरिएको थियो ।।