२०७७ माघ ४, आईतवार

प्रदेश नं ६ मा सुनको डल्ला छन कुशल कालीगढको आवश्यकता छ -प्रभाकर

सुर्खेत वैशाख १० । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विदेशीएका हजारौ युवालाई स्वदेशमै रोजगार श्रृजना गरेर स्वरोजगार गराउने बताएका छन ।

शर्माले देशमै स्वरोजगार श्रृजना गर्न जलश्रोतमा लगानिको आवश्यक्ता रहेको बताएका छन ।शर्माले जलश्रोतमा ठुलो ठुलो लगानि भित्राउन सकिए धेरै संख्यामा स्वरोजगार गर्न सकिने बताए । काम संगै स्वयमलाई बन्ने आयोजनाहरुमा सेयरको व्यवस्था गर्ने समेत बताए ।

पैसा भए पैसा हाल्ने नभए श्रम सेयर हाल्न सकिने शर्माको भनाई छ । सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दनमा बौलदै शर्माले प्रदेश नं ६ सुनको डल्ला भएको संज्ञा दिएका छन ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतले वीरेन्द्र नगरमा गरेको नागरिक अभिनन्दन कार्याक्रमा उनले कर्णालीलाई शुन्दर सम्बृद्ध बनाउने योजना आफुसंग भएको बताए । त्यसमध्ये धेरै हिस्सा कर्णालीमा जलविधुत आयोजनाको सम्भावना भएको बताए ।

उज्यालो नेपालका अभियन्ता तथा उर्जामन्त्री शर्माले नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरगत अब उर्जा क्षेत्रमा प्रत्येक घरमा नेपालीको १ लाख रुपैया बराबरको शेयर को व्यवस्था गर्न सकिने र कर्णाली बासीको लागि अझ विषेक कार्यक्रम गरिने बताए । नागरिक अभियन्दन कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका जिल्ला अध्यक्ष सुर्य थापा विक्रमले अभिन्दन सहित सम्मान गरिएको हो । कार्याक्रमबाटै सुर्खेत जिल्लामा पर्यटकीय क्षेत्र र विकास ध्यानकर्षण गराउन ज्ञापन पत्र पनि बुझाइएको हो ।