२०७७ मंसिर १६, मंगलवार

पत्रकार महासंघ सुर्खेतको नवनिर्वाचित कार्यसमितिलाई भ्याली भ्यु होटलको सम्मान

बैशाख ११, सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नवनिर्वाचित कार्यसमितिलाई भ्याली भ्यु होटल सुर्खेतले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाही सञ्चालक रहेको भ्याली भ्यु होटलले सोमबार सुर्खेतको वीरेन्द्रनगर एक कार्यक्रमको आयोजना गर्दै पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

पत्रकार महासंघ सुर्खेतका नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुलाई होटल भ्याली भ्युका संचालन तर्कबहादुर शाहीले दोसल्ला ओडाएर सम्मान तथा बधाई दिएका हुन् । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले पर्यटन प्रवद्धनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकार महासंघको नयाँ कार्यसमितिले ओझेलमा परेको सुर्खेतको पर्यटन क्षेत्रलाई प्रचारप्रसारमा लाग्नुपर्ने बताएका छन् ।

उनले विगतका दिनमा जस्तै आउँदा दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा रहेको भन्दै विकास निमार्ण र समाज परिवर्तनमा समाचारलाई पहिलो प्राथामिकता दिई समाचार प्रवाह गर्नको लागि आग्रह समेत गरेका छन् ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष गणेशकञ्चन भारतीले पछिल्लो समय चर्चामा रहेको र राम्रो सम्भावना रहेको प्रदेश नम्बर ६ कै पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरु लाग्ने प्रतिवद्धता जनाउँदै होटल व्यवसायी संघसँग सहकार्य गर्दै जाने बताएका छन् ।

राम्रो काम गर्ने संघसंस्थाको लागि महासंघ र यसमा आवद्ध पत्रकारहरु जहिले साथमा रहेको र नराम्रा काम गर्नेहरुका विरुद्ध महासंघ पछि नहट्ने बताएका छन् ।