२०७७ मंसिर ९, मंगलवार

गर्मी लागेसंगै उपत्यकामा पानीको हाहाकार

खरीखोला र बोरीखोलाको पानी जेष्ठको पहिलो हप्ता आउने
सुर्खेत, वैशाख १३ । गर्मी समय बढर्दै गएपछि वीरेन्द्रनगर उपत्यकाको खानेपानीको हाहाकार हुन थालेको छ । भएका पानीका धारामा घण्टौसम्म पनि पानी नआउनु र वीरेन्द्रनगर उपत्यकाको जनसंख्या बढदै गएपछि खानेपानीको समस्या बढेको हो ।

पछिल्लो समय वीरेन्द्रनगरका धारामा ४८ घण्टाको पालो लगाएपनि नियमीत पानी आउदैन । खरीखोला र बोरीखोलाको खानेपानी वीरेन्द्रनगरामा ल्याउने तयारी भएको डेढ वर्ष हुदा पनि खरीखोला बोरीखोलाको काम सम्पन्न भएको छैन । १७ करोड १८ लाख ९७ हजार ५ सय रुपैयाको लागतमा निमार्ण हुन लागेको काम सम्पन्न नहुदा वीरेन्द्रनगरका बासीन्दाहरुले खानेपानीको सास्ती भोग्नु परेको हो । यो बर्ष गर्मी मौसम बढेपछि वीरेन्द्रनगरमा खरी खोला र बोरीखोलाको पानी आएपछि सर्वसाधारणलाई केहि राहात हुने विस्वास व्यक्त गरिएको थियो । तर अहिलेसम्म पनि ति दुवै आयोजनाहरु निर्माण सम्पन्न नहुदा पानीको सास्ती व्यहोर्नुपरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं २५ फलाटेकी भावना शाहीले ३÷४ दिनमा खानेपानी धारामा आउने तालीका भएपनि नियमीत नआउदा ठुलै सास्ती खेपेको बताईन । ३ दिनको पालो कुरेर धारामा पानी आईहाल्यो भने १ घण्टा जति पनि नआउने शाहीको गुनासो छ । विरेन्द्रनगर चनौटे १२ की धनकुमारी सुनारले ३ दिन पछि आउने पालो कुर्दा पनि पानी आएको आधा घण्टा नहुदै सुक्ने गरेका कारण पानी प्रयाप्त हुन नसेको बताईन ।

पुरानो झुप्रा बृहत खानेपानी आयोजना र पछि निर्माणाधिन अवस्थामा रहेका खरीखोला र बोरी खोलाको पानी नआउदा सम्म सास्ती खाइरहनुपर्ने बाध्यता वीरेन्द्रनगर बासीको छ । यस बारेमा कुरा गर्दा झुप्रा बृहत खानेपानी उपभोक्त समितिका कार्यालय प्रमुख डम्बर बहादुर गौतमले ७२ घण्टाको पालै पालो पानी वितरण गर्ने गरेको बताए । सुर्खेत उपत्यकामा १ करोड २७ लाख लिटर पानी आवश्क रहेको भएपनि अहिले ५६ हजार लिटर मात्र प्रतिसेकेण्ड मुलबाट पानी आएकोले समस्या दखिएको बताएका छन ।

गौतमले जेठको पहिलो हप्ताभित्रै खरीखोला बरीखोलाको पानी उपत्यकाम ल्याइने बताए । खरीखोला बोरीखोलाको पानी प्रति सेकेण्ड ३५ लिटर पानी जम्मा हुने बताए । अब खरीखोला र बोरीखोलाको काम ८० प्रतिशत काम पुरा भइसकेको छ । निमार्णमा ६ सय मिटर पाइप बिछयाउने काम बाँकी रहेको बताए । उनले सुर्खेत उपत्यकामा १५ हजार बराबरको धारा जडान भएका छन ।