२०७७ कार्तिक ५, बुधबार

क्यान्सर पीडित बालकको उपचारका लागि सहयोगको याचना

logoenayanepalसुर्खेत, साउन २८ । सुर्खेतको गुमीका ६ वर्षीय ब्लड क्यान्सर पीडित बालकलाई उपचारको लागि सहयोग गर्न आफन्तले अपिल गरेका छन् ।
बालक सुगम चौधरी ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारको लागि आर्थिक समस्या भएको भन्दै परिवारले सहयोग गर्न अपिल गरेका हुन् । बालक सुगमको अहिले चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । बालक चौधरीकी काकी डम्मरी नेपालीले बालक सुगमको पारिवारिक अवस्था कमजोर भएकोले उपचारमा कठिनाइ भएको बताइन् ।

सुगमका बुवा मिठुलाल चौधरी डकर्मी पेशामा छन् ।  गत जेठमा शरीरमा साना दानाहरु देखिएको र त्यही अनुसारको उपचार गरिएको तर असार महिनामा मात्रै बालकलाई ब्लड क्यान्सर भएको पत्ता लागेको उनले जानकारी दिए ।

बालकको साथमा आमा हरिमाया चौधरी रहेको र बाबु मिठुलाल आर्थिक स्रोत जुटाउन लागिपरेका छन् । मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालक सुगमलाई ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए ।

डा.केसीले आर्थिक सहयोग जुटाउन सके बालकको उपचार सम्भव भएको दावी गरे । उनलेसहयोग जुटाउन अभियान चलाउन आग्रह गरेका छन् । परिवारजनलाई बैंकमा खाता खोल्न आग्रह गर्दै डा. केसीले पहिलो सहयोग आफूले नै गर्ने वचन दिएका छन् ।

डा. केसीले बालकको उपचारको लागि अहिले करिब डेढ लाख लाग्ने अनुमान गरेका छन् । बालक चौधरीलाई सहयोग गर्न चाहनेलाई मोबाइल नं. ९८४८१०५९७७ र बालकको आमा हरिमाया चौधरीको मोबाइल नं. ९८१५५८८७५२ मा सम्पर्क गर्न सकिने छ ।