२०७७ मंसिर १०, बुधबार

उम्मेद्वार छनौटमा काँग्रेसभित्रै असहमति

सुर्खेत, बैशाख १४ । उम्मेद्वार छनौटका क्रममा बसेको काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय समन्वय बैठकमा असहमति राख्न नदिएकोमा क्षेत्रीय सभापतिका प्रत्यासी कर्णबहादुर रानाले आपत्ति जनाएका छन् ।

उनले लेकवेसी नगरपालिकाको मेयरको उम्मेद्वारमा टोपबहादुर टंलामी हुनुपर्नेमा उमेश पौडेललाई बनाइएकाेप्रति असहमति राख्न नदिइएको बताए । असहमति राख्नबाट बञ्चित गराइएकोमा ध्यानाकर्षण भएको भन्दै उनले नेतृत्वले निर्णय सच्याउनुपर्ने माग गरे । यसैगरी, वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ मा वडा अध्यक्षमा वडाबाट सिफारिस भएका हुनुपर्नेमा सिफारिस नभएकालाई बनाइएकोमा पनि आपत्ति जनाइएको छ ।

वडाबाट लक्ष्मीप्रसाद शाही, चन्द्रलाल सापकोटा, ललित भट्टराई र लिलाराम सुवेदीको नाम सिफारिस भएपनि सिफारिस नै नभएका राजबहादुर गुरूङलाई उम्मेद्वार बनाइएको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी निर्णय सच्याउन आग्रह गरेका छन् । त्यस्तै, वडा नं. ६ मा पनि वडा अध्यक्षमा उपेन्द्र खड्काको नाम सर्वसम्मत छनौट गरिए पनि बेवास्ता गरी मोतीप्रसाद क“डेललाई बनाइएकोमा आपत्ति जनाइएको छ ।

करिब ९० प्रतिशत सदस्यहरूले खड्काको नाम सिफारिस गरिएको तर अन्यलाई टिकट दिइएकोले निर्णय सच्याउन पनि अपिल गरिएको छ ।