२०७७ मंसिर ९, मंगलवार

निर्वाचनको तयारी

लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचन एक महत्वपूर्ण पद्धति हो । निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरुले नै जनताका पीरमर्का, सुझावलाई आत्मसात् गरी उनीहरुको निम्ति असल काम गर्छन् भन्ने मान्यता स्थापित छ ।

नेपालमा पनि विभिन्न किसिमका निर्वाचनहरु भइरहेका छन् र आगामी बैशाख बैशाख ३१ र जेठ ३१ गते करिब २० वर्षपछि स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ । मधेशी दलहरुलाई समेत सहमतिमा ल्याउनका लागि सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सुर्खेतमा भने पहिलो चरणमा यही बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेछ । निर्वाचनको तयारी सुर्खेतमा करिब–करिब अन्तिम चरणमा पुगेको छ ।

बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९ देखि २२ गतेसम्म निर्वाचन चिन्ह वितरण हुने जिल्ला निर्वाचन कार्यालय, सुर्खेतले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालय, सुर्खेतकी निर्वाचन अधिकारी सुनिता थापाले स्थानीय तहको निर्वाचन प्रक्रियाको काम अन्तिम चरणमा पुगेको र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भईसकेको बताइन् ।

थापाले मूख्य निर्वाचन कार्यालय, सुर्खेतमा स्थापना भएको र अन्य बजार बाहिर पनि ८ वटा निर्वाचन केन्द्रहरू स्थापना भएको बताइन् । नगरमा ५ जना महिला, गाउँमा ४ जना महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । सुर्खेतमा अहिलेसम्म १९ दल दर्ता भइसकेका छन् । निर्वाचनको विरोध गर्दै आइरहेको संघीय समाजवादी पार्टी फोरम नेपाल र समाजवादी जनता पार्टीले पनि भाग लिन पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयमा मतपेटीका र मतपत्र आउन बाँकी छन् । सुर्खेतमा १ लाख ८४ हजार ३ सय ९९ मतदाता रहेका छन् ।

जसमा ९५ हजार १ सय ३१ जना पुरूष मतदाता छन् भने ८९ हजार २ सय ६८ जना महिला मतदाता रहेका छन् । निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पु¥याउँदा राजनीतिक दलहरुले पनि आफ्ना उम्मेद्वारहरु छनौट गरिसकेका छन् । यसले गर्दा निर्वाचनको लागि राजनीतिक माहोल बनिरहेको छ । मतदाताहरु आफ्ना प्रतिनिधिहरु छनौट गर्न पनि अग्रसर भइरहेका छन् ।

यसरी निर्वाचन आयोग, राजनीतिक दल र आम सर्वसाधारण सबै निर्वाचनको पक्षपाति भइसकेका छन् र निर्वाचनको निम्ति सबै एकजुट हुन जरुरी पनि छ । जनताले आफ्नो प्रतिनिधि छनौट गर्ने गोप्य अधिकार प्रयोग गर्दैछन् । निर्वाचनलाई सबै मिलेर सफल पार्न जरुरी छ