२०७७ मंसिर १६, मंगलवार

देशका १७ जिल्लामा कारागार निर्माण हुने

सुर्खेत, बैशाख १५ । प्रदेश नं. ६ का सात जिल्लासहित देशभरका १७ जिल्लाका पुराना तथा भूकम्पले क्षति पुगेका भवनको ठाउँमा नयाँ कारागार भवनको निर्माण हुने भएको छ ।

कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो । कैदीबन्दीको संख्या धेरै र भवनको संख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागिएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेको बताएका छन् । अहिले १० हजार कैदीबन्दी क्षमता भएकाे कारागा रमा १८ हजारभन्दा बढी कैदीबन्दी छन् ।

यी भवन निर्माण भएपछि केही भए पनि सहज हुने उनले विश्वास व्यक्त गरे । प्रदेश नं. ६ का मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेखसहित सर्लाही, सिन्धुली, दाेलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, बझाङ र डडेलधुरा जिल्लामा कारागार भवन निर्माण हुँदैछन् । यसैगरी, भूक म्प पुनर्निर्माण प्राधिकरणको सहयोगमा सोलुखुम्बु, आेखलढुङ्गा, रा मेछाप, रसुवा, जगन्नाथदेवल, नख्खु, गाेरखा, लमजुङ र धादिङको महिला कारागार भवन निर्माण हुन लागेको विभागले जनाएको छ । हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने बारा र धनुषा कारागारविहीन छन् ।