२०७७ कार्तिक ११, मंगलवार

कपासे नजिक बस दुर्घटना

nayanepalसुर्खेत, साउन २८ । वीरेन्द्रनगर नगरपालिका–७ कपासे नजिक बिहीबार बस दुर्घटना भएको छ । लेखगाउँको फिनीकाँडादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको मध्यपश्चिम यातायातको ना. ४ ख ५५६९ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पाल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

ट्राफिकले तीब्र गतिमा बस चलाएको कारणले दुर्घटना भएको बताए पनि यात्रुहरुले भने बस पुरानो भएको र लोड बढी भएकोले दुर्घटना भएको बताएका छन् । सोही बसमा सवार लेखगाउँकी तारा आचार्यले गाडी राम्रो नभएकोले दुर्घटना भएको बताइन् ।

उनले बसमा कति जना दिए भन्ने एकिन नभएपनि ४० जना भन्दा बढी भएको बताइन् । बस बिहान ९ बजे फिनीकाँडाबाट वीरेन्द्रनगरको लागि हिँडेको थियो ।