२०७७ माघ ५, सोमबार

नेपाल परिवार दलको उम्मेदारी

सुर्खेत वैशाख  । नेपाल परिवार दलले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पाँच स्थानमा उम्मेदरी घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनको नजिकै गर्दा सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको मेयर इन्द बहादुर सुनारलाई उम्मेदारी घोषणा गरेको हो ।

यस्तै,पञ्चपुरी नगरपालिकामा टिकाराम साउद, लेकबेसी गाँउपालिकामा सन्त बहादुर रेश्मी , चौकुुने गाँउपालिकाम नविन बजगाई, र ,उपाध्यक्ष चन्द्रा कुमारी धमला, यस्तै सिम्ता गाँउपालिकामा तिलक बहादुर सोनीको नाम घोषणा गरेको नेपाल परिवार दलका केन्द्रिय सदस्य तथा प्रदेश नं ६ का संयोजक रुपसिंह भणडारीले जानकारी दिएका छन ।