२०७७ माघ ४, आईतवार

जनजातीका विभिन्न कार्यक्रम एकैसाथ

सुर्खेत, वैशाख । नेपाल आदीबासी जनजाती लक्षित कार्यक्रमहरु सयुक्त रुपमा गर्ने जनाएको छ ।  वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोग तथा जनजाती महासंघ नगर समन्वय परिषद वीरेन्द्रनगर सुर्खेतको आयोजनामा सयुक्त रुपमा गर्न लागेका सबै कार्यक्रमहरुको सयुक्त रुपमै उद्दघाटन भएको हो ।

वीरेन्द्रनगरमा रहेको आदीबासी जनजातीहरुको पहिचाँन लोप हुन लागेको पहिचानको जर्गेना र थारु सँस्कृतिहरुको संरक्षण गर्ने कुखुरा बधशालाले भुत्ला रहित वीरेन्द्रनगर बनाउने र आदीबासीहरुको लोक सँस्कृतिक हराउन लागेका कलाहरुको संरक्षण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको हो ।

संस्थागत विकास कार्यक्रम १ दिने स्थानीय निकायमा आदीबासी जनजाती भुमिका विषयक तालिम, वीरेन्द्रनगर नगरपालिका भित्र रहेका लोक कला, सँस्कृति सम्बन्धि पुस्तक प्रकाशन, वडा गत कार्यक्रम अन्तरगत कुखुरा बधशाला निमार्ण यस्तै थारु जतिको सँस्कृति संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमा संयूक्त रुपमा उद्दघाटन भएका हुन ।

कार्यक्रमा जिल्ला विकास अधिकारी अमृत लम्सालले विविध सँस्कृतिमा धनी आदीबासी जनजातीहरुको सँस्कृति जोगाई राख्नुपर्ने बताएका छन । कार्यत्रको अध्यक्ष्ता नेपाल आदीबासी जनजाती समन्वय समितिका अध्यक्ष कर्णं बहादुर आले,वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत प्रकाश पौडेल,नेपाल आदीबासी समन्वय समितीका उपाध्यक्ष जिवन कुमार शाक्य,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष दानसिंह सुनार, नेकपा एमालेका वडा अध्यक्ष निलकण्ठ खनाल, नेपाली कंग्रेसका प्रतिनिधी देवकुृमार सुवेदी लगायतका उपस्थिती रहेको थियो ।