२०७७ मंसिर १०, बुधबार

जहाज नहुदा कर्णालीका यात्रुलाई सास्ती

सुर्खेत, वैशाख । कर्णालीका हुम्ला डोल्पा जिल्लाका यात्रुहरुले जहाजको टिकट नपाउदा सास्ती खेप्नु परेको छ । निजी क्षेत्रबाट संञ्चालित एयरलाइन्सहरु पुर्वतिर केन्द्रित भएपछि कर्णाली अञ्चलका हुम्ला र डोल्पा जिल्ला जाने यात्रुहरु महिनौ दिन सम्म सास्ती खेप्दै आएका छन ।

निजी क्षेत्रका एयरलायन्सहरुले हुम्ला र डोल्पामा उडान नभर्दा यात्रुहरुले सास्ती भोगेका हुन । यात्रुहरुले टिकट पाएपनि पहुचँका भरमा पाउने गरेको सर्वसाधारण व्यक्तिहरुले गुनासो गदै आएका छन । सिमीत उडानका कारण यस्तो समस्या आएको छ ।
स्थानीय तहको निर्वाचन नजिकदै गर्दा नेपालगञ्ज एयरपोट र सुर्खेत एयरपोटमा यात्रुहरु भिड लाग्ने गरेको पाइन्छ । एयरपोर्ट धाँउदा धाँउदा हैरन हुदै आएका अधिकंश यात्रुहरुको गुनासो उस्तै छ ।

हुम्ला जाने टिकट नपाएर २० दिन सम्म सुर्खेत एयरपोट धाँउदा सम्म पनि टिकट नपाएको हुम्ला घर भएका नरविर बोहोराले दुखेसो पोखे । अहिलेसम्म पनि घर जानेको लागी टिकट अहिले सम्म केही टुङ्गो नलागेको बोहोरोको भनाई छ । सुर्खेतबाट मकालु एइरलाइन्स मात्र हाल कर्णालीका लागि उडान भरिरहेको छ । त्यही पनि पहुचँ हुनेले मात्र भित्रैबाट टिकट लिएर गएपछि सामान्य सर्वसाधारणहरु बिचल्लीमा परेका छन ।

अन्य एयरलाइन्स गोमा तारा सीता एयर लगायतका जहाजहरुले पूर्व तिर मात्र केन्द्रित हुने गरेकोले समस्या देखिएको हो । यस्तै हुम्ला जाने नेपाल गञ्ज एयरपोट कुरेर बसेकी सुनिता तामाङले आफू दिनकै एयरपार्ट धाँउदा पनि टिकटको केही टुङ्गो नभएको बताइन ।

नेपाल गञ्जबाट एउटा तारा एयरलाइन्समात्र छ त्यही पनि डोप्पामा बिग्रेर बसेकोले नेपालगञ्जबाट कुनै फलायट भएको छैन । पर्यटक बोक्न निजी क्षेत्रका एयरलाइन्सहरु पूर्वतिर बढी केन्द्रित हुने मौसमका कारण पनि कर्णाली क्षेत्रमा उनिहरु यो समय नियमीत उडान गर्दैनन् ।