२०७७ कार्तिक ३, सोमबार

स्वास्थ्य सम्बन्धि सरोकारवालहरु संग अन्रक्रिया

cropped-nayanepal.jpgरुकुमको, २८ साउन । चौरजहारी नगरपालिकामा स्वास्थ्यसंग सम्वन्धित सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमको आर्थिक सहयोग र स्वास्थ्य चौकी खहरेको आयोजनामा कार्यक्रम सम्पन्न गरीएको हो ।
स्वास्थ्यको क्षेत्रमा चौरजहारी नगरपालिका भित्र क्रियासिल चौरजहारी अस्पताल अन्तरगत सामुदायिक स्वास्थ्य कार्यक्रम मातृतथा वाल स्वास्थ्य प्रद्र्धन परियोजना रेडक्रस पशु खाद्य कार्यक्रमहरु विचको समन्वय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको हो ।

सामुदायमा आधारित स्वास्थ्यसंग सम्वन्धित कार्यक्रमका लक्ष्य र उद्देश्य एउटै भए पनि संस्थाहरुको समन्वयको अभावमा कार्यक्रमहरु दोहोरीने गरेको भन्दै वार्षिक योजना वनाएर काम गर्नुपर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए ।

आमा समुह स्वास्थ्य आमा समुह महिला स्वयमसेविकाहरुको वैठक गर्भपरिक्षण स्वास्थ्य शिक्षा सुरक्षित मातृत्व स्टेचर वितरण स्वास्थ्य शिविर जस्ता कायृक्रमहरु सहकार्य गरेर संचालन गर्नुपर्ने आवाश्यक रहेको सहभागीले वताएका थिए । कार्यक्रममा चौरजहारी अस्पतालका सामुदायिक स्वास्थ्य कायृक्रम संयोजक पुर्ण वहादुर थापा मातृ तथा वाल स्वास्थ्य प्रद्र्धन परियोजना अधिकृत आत्माराम कुमाई प्राथामिक स्वास्थ्य केन्द्रका ल्याव असिसटेण्ट डण्ड शर्माले आफनो धारणा राखेका थिए ।

त्यसैगरी नगरपालिकाको तर्फवाट दिपलाल कंवर कृषि तथा पशु स्वास्थ्य कायृक्रमका प्रतिनिधि जेबी भण्डारी शिक्षक चक्र शर्मा स्वास्थ्य चौकी व्यवस्थापक समितिका सदस्य तारानाथ शर्मा स्वास्थ्यकर्मी यदु आचार्य महिला स्वास्थ्य स्वयमसेविका कमला पोखरेलले पनि आफनो धारण राखेका थिए ।

रेडक्रस सामाजिक परिचालक वशन्त शर्माको स्वागत मन्त्वय र स्वास्थ्य चौकी ईन्चार्ज अकविर घर्तिले संचालन गरेको कार्यक्रमको अध्यक्षता रेडक्रस उपशाखा सभापति तेज वहादुर वटालाले गरेका थिए ।